काठमाडौं, २० मंसिर । लामो समयदेखि रक्सौल
बजारनजिकै लाइनमा बसेका ग्यास बुलेट भारतीय
पक्षले धमाधम खुला स्थान र जंगलतिर सार्न
थालेको छ ।
शुक्रबार ग्यासका तीनवटा बुलेट चुहिएपछि
विस्फोट हुने त्रासले अन्यत्र सार्न थालिएको
नयाँ पत्रिका दैनिकले समचार छापेको छ ।
सीमा क्षेत्रमा रोकिएका ग्यास नेपाल नपठाएर
स्थानीय प्रशासनले पछाडि सार्दै लगेको नेपाल
आयल निगमका अमलेखगन्ज डिपो प्रमुख भानु
खनालले बताए ।
उनका अनुसार लाइनमा भएका ग्यास बुलेट क्रमशस्
खुला स्थानमा लगिएको छ ।
ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले
भारतीय पक्षले रक्सौलबाट झन्डै ४० किलोमिटर
टाढाको जंगल र खुला स्थानमा लगेर बुलेट राख्न
थालिएको जानकारी आएको बताए ।
‘रक्सौलमा रोकिएका बुलेटबाट ग्यास चुहिन
थालेपछि नेपाल पठाउलान् भन्ने आस थियो, तर
साँझसम्म पनि रक्सौल बजारदेखि धेरै टाढाका
जंगल र खाली बस्तीमा बुलेट सार्न थालेको
जानकारी पाएका छौँ,’ घिमिरेले भने, ‘बुलेटबाट
हुन सक्ने सम्भावित मानवीय र भौतिक नोक्सानी
कम गर्न खुला ठाउँतिर लगेको बुझिएको छ ।’
भारतीय नाकाबन्दीयता रक्सौलमा एक सय ९०
वटा भरिएका ग्यास बुलेट रोकिएका छन् । तीमध्ये
एक सय ५३ वटा बुलेट भन्सार जाँच पास सकेर
लाइनमा बसेका हुन् ।
विस्फोटको खतरा भएपछि इन्डियन आयल
कर्पोरेसनले भारत सरकारलाई बुलेट लाइनमा रोकेर
राख्नु जोखिम भएको जानकारी गराएको छ ।
रोकिएका बुलेट पछाडि लगिएको विषयमा आफूले
आइओसीका अधिकारीसँग जानकारी लिएको
अमलेखगन्ज डिपो प्रमुख खनालले बताए ।
उनले भने, ‘उनीहरूले नेपालतिर बुलेट पठाउन चाहे पनि
सरकारले अनुमति नदिएको नदिएको बताएका छन् ।
विस्फोटको खतरा रहेको जानकारी सरकारलाई
दिएको पनि उनीहरूले बताएका छन् ।’
Home »
Nepali News
» विस्फोटको त्रासले
रक्सौलका ग्यास बुलेट जंगलमा
सारिए
विस्फोटको त्रासले रक्सौलका ग्यास बुलेट जंगलमा सारिए
Posted by Unknown
Posted on 6:04 PM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment