Home » » पुष्प-कमल-ओली'ले आन्तरिक मामिलामा दिल्लीलाई जोडे: बाबुराम

पुष्प-कमल-ओली'ले आन्तरिक मामिलामा दिल्लीलाई जोडे: बाबुराम

घोराही : नयाँ शक्ति बनाउने अभियानमा पार्टी
त्यागेर निस्किएका पूर्वप्रधानमन्त्री डा.बाबुराम
भट्टराईले अहिलेको सत्ता गठनबन्धन 'पुष्प-कमल-
ओली' (पुष्पकमल दाहाल, कमल थापा र केपी ओली) ले
नै आन्तरिक मामिलामा दिल्लीलाई घुसाएको
बताएका छन्। 'भारत परस्त'को आरोप खेपेका उनले भने,
‘भारतविरुद्ध सबैभन्दा बढी चिच्याएको अनि
उफ्रिएको बाबुराम भट्टराई नै हो।'
नयाँ शक्ति निर्माणको सिलसिलामा दाङ आएका
उनले आइतबार अन्नपूर्ण पोस्ट्सँगको संक्षिप्त
कुराकानीमा सत्ता गठबन्धनलाई 'पुष्प-कमल-ओली'
को संज्ञा दिएका हुन्।अहिलेको सरकारले 'घिउ खाएर
कम्बल ओढेको' राष्ट्रवादमा जनतालाई झुक्याइरहेको
बताए।
भट्टराईको दाबीमा हिलेको सत्तासमीकरणको
'हिरो' कलम थापा नै हुन्। उनैले काठमाडौं-मधेस र
दिल्लीलाई जबरजस्ती जोडेको आरोप पनि भट्टराईले
लगाए। 'जे भने पनि अहिलेको सत्ताको हिरो कमल
थापा नै हुन्, उनैले प्रचण्ड र केपीलाई घुमाइरहेका छन्',
उनले भने, 'भारतलाई तिनै हिरोले आन्तरिक मामलामा
ल्याएका हुन्।'
इतिहासदेखि नै नेपालमाथि भारतको यो सामरिक
तथ्यलाई बुझ्न नसकेका कारण देशमा यस्तो समस्या
आइपरेको भट्टराईले दोहोर्याए। अहिलेको सत्ता
गठबन्धनलाई उनले इतिहासको पुनरावृत्तिको रूपमा
अर्थ्याए। उनको भनाइमा त्यो बेला राजा, कांग्रेस र
कम्युनिस्टहरूको गठबन्धनजस्तै अहिले पनि कमल थापा
अनि एमाओवादी र एमालेको गठबन्धनले इतिहास
दोहोर्याएको छ।
आफूलाई भारतपरस्त भनिए पनि इतिहासलाई
दोहोर्याएर हेर्ने हो भने 'को भारत परस्त हो?' भन्ने
कुरा प्रष्टै हुने उनको भनाइ छ। '२०४६ सालमा पनि
नेपालमा आन्तरिक संघर्ष चर्किरहेको थियो, त्यो
बेला भारतले नाकाबन्दी गर्यो, त्यो बेला सबैभन्दा
बढी विरोध गर्ने, भारतको विरुद्ध सबैभन्दा बढी
उफ्रिने बाबुराम भट्टराई नै हो, ४० बुँदा बाबुरामले नै
तयार गरेको हो, त्यो बेला प्रचण्डहरूलाई कसैले
चिन्दैनथे', उनले थपे, 'त्यसबेला डा.भट्टराई राष्ट्रिय
जनमोर्चाको संयोजक थिए। त्यही ४० बुँदाको
आधारमा तत्कालीन माओवादीले जनयुद्ध सुरु गरेको
थियो।'
काठमाडौं-दिल्ली र मधेसको त्रिपक्षीय भीडन्तले
अहिले देशलाई निकै जटिल अवस्थामा पुर्याएको
उनको विश्लेषण छ। भट्टराईले समाधानको सुत्रका
रूपमा भने, 'यो मामलाबाट दिल्लीलाई अलग गर्नुपर्छ
अनि काठमाडौं र मधेसबीच मात्रै समाधान
खोज्नुपर्छ, काठमाडौं र मधेसले आफ्ना आन्तरिक मुद्दा
दिल्लीसँग जोडेका छन्, मुख्य समस्या यही हो।'
काठमाडौंले जहिले पनि मधेसलाई उपेक्षा गर्ने अनि
मधेसले जहिले पनि आन्तरिक मामलामा दिल्लीलाई
गुहार्ने प्रवृत्तिले अहिले देशको समस्या त्रिपक्षीय
रूपमा बल्झिएको उनको बुझाइ छ। 'समस्या केही पनि
होइन, काठमाडौं र मधेस केहीबेर गम्भीर भएर बस्ने हो
भने समाधान यहीँ निस्किन्छ तर दुवैले दिल्लीलाई
तान्ने प्रयास गरे अनि अब भारतले त्यो मुद्दा अपहरण
गरेजस्तै भएको छ।'
नयाँ शक्तिले आफ्नो स्वरूपका बारेमा देशव्यापी बहस
थालेको भन्दै त्यसमा सामेल हुन चाहनेहरूको राय
सुझाव सुन्न आफू जिल्ला दौडाहामा लागेको उनले
बताएका छन्। मार्क्सवादलाई धार्मिक ग्रन्थका
रूपमा लिने कम्युनिस्टहरूले आफू माक्र्सवादबाट पलायन
भएको आरोप लगाएको उनको बुझाइ छ।
अनि उनको प्रष्टिकरण छ, 'म माक्र्सवादलाई
विज्ञानको रूपमा बुझ्छु, कम्युनिस्ट भन्नेहरू त्यसलाई
धार्मिक ग्रन्थको रूपमा बुझ्छन्, माक्र्सवाद विज्ञान
हो, गायत्री मन्त्रजस्तो धार्मिक सुत्र होइन।'

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved