Home » » प्रहरीले नेता समातेपछि मधेसी मोर्चाका कार्यकर्ता भागे, भैरहवामा दुई नेता पक्राउ

प्रहरीले नेता समातेपछि मधेसी मोर्चाका कार्यकर्ता भागे, भैरहवामा दुई नेता पक्राउ


भैरहवा, २९ मंसिर । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका दुई
नेतालाई प्रहरीले पक्राउ गरेको छ ।
रुपन्देहीको नेपाल–भारत नाका बेलहियामा धर्ना दिएर अवरोध गर्न खोज्दा
संघीय समाजवादी फोरम लोकतान्त्रिकका रुपन्देही जिल्ला अध्यक्ष महेन्द्र
यादव र तमलोपाका जिल्ला अध्यक्ष अजय बर्मालाई मंगलबार दिउँसो पक्राउ
गरिएको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर कार्कीले जानकारी
दिनुभयो ।
कार्यकर्ताहरुसहित दशगजा क्षेत्रमा गएर अवरोध गर्न आएका उनीहरुलाई पक्राउ
गरेपछि अन्य कार्यकर्ताहरु भागेको प्रहरीको भनाई छ । अहिले उक्त नाकाबाट
मालबाहक गाडीहरु भित्रिने क्रम जारी छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved