Home » » धुर्मुस सुन्तलीको प्रस्ताव: पुनर्निर्माण प्राधिकरणको जिम्मा हामीलार्इ दिनुस्, हामी फोहोरी भयौं, दिमागको सफाइ गरौं....

धुर्मुस सुन्तलीको प्रस्ताव: पुनर्निर्माण प्राधिकरणको जिम्मा हामीलार्इ दिनुस्, हामी फोहोरी भयौं, दिमागको सफाइ गरौं....


२७ मंसिर, काठमाडौं । चर्चित कलाकार सीताराम
कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले हामी
सकैजना फाहोरी भएकाले हामी बस्ने ठाउँ शरीर र
मनभित्र समेत सफाइको जरुरी भएको बताएका छन् ।
हाले काभ्रे, रामेछाप र सिन्धुपाल्चोकमा सफाइ
अभियान चलाएर फर्केका धुर्मुस र सुन्तलीले
विद्यालयमा पुगेर दिसासमेत सोहोरेको अनुभव सुनाउँदै
भने-हामीले देशमा केही गरेर देखाउन सकिन्छ भन्ने अनुभव
हासिल गरेका छौं ।’
सरकारले भूकम्पपीडितका लागि केही गर्न नसकेको तर,
आफूहरुले एकीकृत वस्ती बनाएर देखाएको बताउँदै कट्टेलले
भने-‘सरकारले हामीलाई पुनर्निर्माण प्राधिकरणको
जिम्मा देओस्, हामी गरेर देखाइदिन्छौं ।’
सोमबार केही पत्रकारका सामु घुर्मुस- सुन्तलीले यसरी
आफ्ना अनुभव सेयर गरे-

-सीताराम कट्टेल (धुर्मुस)
हामी कलाकार मात्र होइन, यो देशका जिम्मेवार
नागरिक पनि हौं । देशमा जब भूकम्प गयो, हामी
दुईजना श्रीमान-श्रीमती देश दुखेका बेला
अमेरिकाबाट नेपाल आयौं । सुरक्षाको हिसाबले
अमेरिकामा हामी निकै सुरक्षित थियौं ।
पारिश्रमिक पनि निकै राम्रो हुन्थ्यो दुबै जनाको ।
तर, जिम्मेवार नागरिक भएको हैसियतले यो माटोमा
बसेर यो माटोका लागि केही गर्नुपर्छ भन्ने
अभिप्रायले हामी आयौं ।
स्वदेशमा आइसकेपछि राहत वितरणसँगसँगै चर्पी
निर्माणको कामलाई तिव्रता दियौं । २९ गतेको
दोस्रो पराकम्पनको भोलिपल्ट नै हामी
सिन्धुपाल्चोकको पिपलडाँडामा १६ जनाको टिम
लिएर चर्पि बनाउन गयौं ।
हामीलाई के लाग्यो भने यो बेला महामारी फैलिन
सक्छ । मानिसहरु टहरामुनि बसेका छन् । बुढाबुढी छन्,
बालबच्चा छन्, तरुना तरुनी छन् । उनीहरुलाई लाज पनि
छ, घीन पनि छ । त्यसैले यो पनि अभियान चलाउनुपर्छ
भनेर हामीले सिन्धुपाल्चोकमा १० वटा र नुवाकोटमा
४० वटा चर्पी निर्माण गरेका थियौं ।
नुवाकोटमै हामीले श्री महाकाली निम्न माध्यमिक
विद्यालय निर्माण गरेका हौं । त्यो स्थायी
विद्यालय हो । त्यो अस्थायी हिसाबले काम गरेका
थिएनौं । त्यसपछि हामी एकीकृत नमूना बस्तीमा
गयौं । राहत पनि भयो, विद्यालय पनि भयो, चर्पी
पनि भयो र एकीकृत नमूना बस्ती निर्माण गरेर
हस्तान्तरण गरेको आज साढे ३ महिना जति
बितिसक्यो । भूकम्प गएको पनि ७-८ महिना
बितिसक्यो ।
राज्यको तर्फबाट पुननिर्माण प्राधिकरण गठन भए
पनि त्यो खारेज भएर अब के हुने भनि अन्योल भैरहेको छ
। पीडितहरु झन् बढी पीडित भएका छन् । सञ्चार
माध्यममा आएका सबै कुरा सत्य हुन् भने सुनि नसक्नुको
हल्ला सुनि सकियो । भूकम्प पीडितको कोटामा
आफ्ना मान्छेहरु विदेश पठाउने, बिभिन्न वेबसाइट
बनाएर फलनालाई यति घर बनाइदियौं भनेर
खानेहरुको जमात देखिएको छ । दशालाई दसैंको रुपमा
प्रयोग गरिदिए ।
हामीले एकीकृत नमूना वस्ती निर्माण गरेर हस्तान्तरण
गरेको साढे ३ महिना बितिसक्दा पनि राज्यको
तर्फबाट केही पनि वातावरण भएको छैन । यदि
राज्यले हामीलाई योग्य ठहराउँछ भने पुनर्निर्माण
प्राधिकरणको जिम्मा पनि हामीलाई दिओस् ।
हामीले त गरेर देखाइ पनि सकेका छौं र अझै देखाउँछौं
पनि ।
यो पुनर्निर्माण भन्ने चिज अथवा देश बनाउँछु भन्ने
चिज गफ गरेर भाषणले हुने होइन । यो एउटा खटेर बन्ने
चिज हो । दिलोज्यान दिएर र देश सम्झेर बन्ने चिज हो
। हाम्रो अभियान यही सचेतना जगाउने अभियान
पनि हो ।
धुर्मुस सुन्तली सरसफाइ अभियान भनेको कसैले पनि गफ
मात्र नदिऔं, भाषण मात्र नदिऔं, देशलाई सम्झौं,
देशलाई बचाउनुपर्ने अवस्था आएको छ भन्ने हो ।
सबैतिर राजनीतिक उकुस मुकस भएकाबेला, राजनीतिक
फोहोरी खेल भैरहेका बेला हाम्रो अभियान भनेको
दिमागी सफाइको अभियान हो । अहिले दिमागी
सफाइको अभियान रामेछापबाट सुरु भएको छ ।
झट्ट हेर्दा बाटो घाटोको फोहोर उठाए,
विद्यालयमा गए, सचेतना जगाएको जस्तो मात्रै
देखिन्छ । तर त्योभित्रको प्याकेज भनेको सबैले
बाहिरि शरिर नुहाएर मात्रै भएन भित्रि शरिर सफा
राख्नुपर्यो भन्ने हो । राजनीतिक दलका
प्रतिनिधिहरुले पनि अब राजनीतिक आन्दोलन मात्रै
नगर्नुस् । राजनीतिक आन्दोलन धेरै भए देशमा । अब
एउटा मात्रै आन्दोलन गर्दिनुस्, त्यो हो सफाइ
आन्दोलन । सफाइ आन्दोलनभित्र टायर बाल्ने पनि
परेन । नेपाल बन्द पनि परे । ढुंगा हान्ने पनि परेन ।
सफाइ आन्दोलनभित्र शीर निहुराएर फोहोर
टिप्नुपर्यो र फोहोरलाई उचित ठाउँमा व्यवस्थापन
गरेर शीर ठाडो पारेर नेपालीको परिचय दिएर हिँडौं

ब्रेन सफा गरेर पहिला आफू घरदेखि सच्चिउँ । आफू
सच्चिएपछि समाज सचिन्छ, त्यसपछि जिल्ला
सच्चिन्छ । सबै जिल्ला सच्चिन्छ । जिल्ला
सबैतिरबाट सफा सुघ्घर भएपछि देश सफासुघ्घर हुन्छ ।
त्यसपछि मान्छेको भावना सोच बिचार सबै सफा
हुन्छ । धुर्मुस सुन्तली सफाइ अभियान पनि यही हो ।
हामीले सरसफाइ अभियान रामेछापबाट अगाडि
बढायौं । हाम्रो एउटा प्याकेज छ । पहिला हामीले
एउटा अन्तरक्रिया गर्छौं । त्यसपछि हामी बस्तीमा
जान्छौं । बस्तीमा सबैभन्दा बढी विद्यार्थीको
चाप हुने सरकारी र निजी विद्यार्थीहरुको चाप
भएको विद्यालयमा जान्छौं । त्यसपछि हामी नगर
सफाइमा आउने हाम्रो अभियान हो । चार-पाँचवटा
काम गर्ने हाम्रो अभियानका बुँदाहरु छन् ।
हामीले अन्तरक्रिया गर्यौं । जिल्लाका प्रजिअ,
स्थानीय विकस अधिकारी, नागरिक समाजका
अगुवा, सरकारी निकायका अधिकारीहरु, नागरिक
अगुवा, महिला समूह, सुरक्षा निकायका प्रमुख,
राजनीतिक दलका प्रतिनिधिलगायत
सरोकारवाला सबैलाई सपथ खुवायौं ।
हामीले देशलाई सम्झिऔं । हामीले जिम्मेवारी कति
पुरा गर्यौं, हामी एउटा पदमा बसेर फाइलमा साइन
मात्रै गर्ैौ कि साँच्चिकै काम गर्यौं । देशका लागि
के गर्यौं । सन् २०१७ सम्म देशलाई खुला दिशामुक्त
बनाउने राज्यको नीति छ । यो अभियानका लागि
हामीले के गर्यौ । तर, हामीले त्यहाँ दुईवटा चिज
देख्यौं । एउटा भुकम्पले गर्दा काम गर्न पाइन भन्ने र
अर्को नाकाबन्दी छ भन्ने । बाहानाबाजी छ ।
आफ्नो काम नगर्ने तर, बाहनाबाजी गर्ने परिपाटी
देखियो । त्यसैले हामीले सबैलाई सबैं सच्चिऔं र सन्
२०१७ सम्म जिल्लालाई खुला दिशामुक्त बनाऔं भनेर
छातिमा हात राखेर सबैलाई सपथ खुवायौं । त्यो सबै
हामीले खिचेर पनि ल्याएका छौं । उहाँहरुले बोलेको
पूरा गर्नुहुन्छ कि हुन्न भनेर भोलि अनुगमन पनि गछौं ।
हामी बस्तीहरुमा पनि गयौं । बस्तीका चर्पी-
चर्पीमा पुग्यौं र सफा पनि गर्यौं । चर्पी बनाउन
नसक्नेहरुलाई पनि पहिचान गर्यौं । उनीहरुलाई चर्पी
बनाउन राज्यका निकायमा भन्छौं । तर, राज्यले गरेन
भने हामी आफैं पनि बनाउँछौं, जसरी हामीले
भूकम्पपछि बस्ती बनायौं । स्वदेश विदेशमा रहनेहरुलाई
सहयोगका लागि हामी अपिल गछौर्ं ।
त्यसपछि हामी विद्यालयका चर्पीहरुमा गयौंं ।
त्यहाँ विद्यार्थी र शिक्षकले प्रयोग गर्ने चर्पी फरक-
फरक पायौं ।
विद्यालयका प्राङ्गण र चर्पी सफा छैनन् ।
शिक्षकको अलि सफा देखियो भने विद्यार्थीको
चर्पी हेरिनसक्नु । चर्पीका ताजा दिशा पनि
हामीले सफा गर्यौं । प्रधानाध्यापकहरुलाई बोलाएर
देखाउँदै सफा गर्यौं र सचत गरायौं । कतिपय
प्रधानाध्यापक विद्यार्थीको चर्पी बनेपछि छिरेकै
रहेनछन् ।
त्यहाँ सचेतना जगाउन आवश्यक देख्यौं । हामीले लाइन
लगाएर नङ काट्ने अभियान पनि गर्यौं । यस्तै
विद्यार्थीलाई आफ्नो घरमा चर्पी नभए विद्यालय नै
जान्न भन्न सिकायौं ।
सिन्धुपाल्चोकको जिल्ला प्रशासन कार्यालय अघि
नै देखिएको फोहोरको डंगुरले हामी कहाँ रहेछौं भन्ने
प्रतिबिम्ब पनि देखियो । हामी आएको सुनेपछि
अघिल्लो दिन देखेको फोहोरको डम्पिङ सिडिओ
साहेबले रातारात हटाएछन् । प्रशासन कार्यालयको
जाम भएको भनिएको चर्पी पनि सफा गरिएछ ।
हामीले गरेको बजारको सफाइ फलदायी भयो ।
हामीले त घर-घरबाट मान्छे ल्याएर ढल सफाइ गर्यौं ।
हामी टाढादेखि फोर सोहोर्न आउँदा तपाईंको
आगनको फोहोर किन सफा नगर्ने भन्यौं । सबैलाई
आग्रह गरेपछि फोहोर टिप्दा-टिप्दै रामेछाप र
सिन्धुपाल्चोकमा त हजार भन्दा बढी मान्छे बजार
सफाइमा आए । ०६२/६३को आन्दोलनपछि यति धेरै
मान्छे देखियो भनेर पनि केहीले प्रतिक्रिया पनि
दिए ।
हाम्रो अभियान राजनीतिक दलका प्रतिनिधिलाई
ढ्यांग्र ठोक्ने पनि हो । आफूले के गरेँ नदेख्ने र अरुलाई
मात्र दोष दिने र जिम्मेवारी पन्छाउने गरेको भेटियो
। कतिसम्म गैह्रजिम्मेवार भने कतिपय जिल्लाका
प्रमुखहरुबाटै पनि जिल्लाका खुला दिशामुक्त नभएको
थाहा नभएको सम्म भने ।
यही कारणले गर्दा मुलुका अस्थिरता आयो । देश
दुख्दा पनि सबैले देश नसम्झी आफ्नो फाइदाका लागि
अगाडि बढेका छन् । हरेकले आफ्नो जिम्मेवारी पुरा
गर्नुपर्छ भन्ने सचेतनाका लागि हाम्रो अभियान हो ।
हामी यसलाई देशब्यापी रुपमा लान्छौं । हामी
धुर्मुस-सुन्तली फाउण्डेशन मार्फत सामाजिक काम
गर्छौं ।
हामीले त्यसैमार्फत हामीले भूकम्पपीडितका लागि
बस्ती पनि बसायौं । तर, जिल्लामा हामीले
कतिपयले यीनिहरुले टन्न रकम ल्याएर कति खाएसम्म भने
। धुर्मुस सुन्तली भनेपछि हुरुरु आउँछ भन्ने रहेछ । करोड
रुपैयाँ नै ल्याएर खाए होलान् भन्ने पनि जिल्लामा
रहेछ ।
हामीले त्यो बस्ती बनाउन ७७ दिन खट्यौं । बिहान
३ बजेदेखि राति १० बजेसम्म खटेर बनाएका हौं ।
कसैलाई अह्राएर देश बन्छ भन्ने हामी मान्दैनौं । भाषण
ठोकेरमात्र बन्दैन फिल्डैमै जानुपर्छ भन्ने उदाहरण
हाम्रो नमूना बस्ती हो ।
साढे ६७ लाख रुपैयाँ खर्चिएर त्यो त्यो वस्ती
बनाएको हो । त्यसमा साढे ४७ लाख रुपैयाँ सहयोगी
हातबाट जुटेको हो । पछि फेरि १३ लाख रुपैयाँ फेरि
विभिन्न संस्थाहरुले हाम्रो कामको सम्मानमा
दिनुभएको छ । अपुग पैसा हामीले नै खर्चिएका छौं ।
हामी नखटेको भए र सरकारी हिसाव भएको भए १०
करोडको प्रोजेक्ट हो । त्यो यदि सरकारी तवरबाट
बनाउने हो भने वर्षौं लाग्थ्यो ।

हामी देश दौडाहामा निस्कियौं, साथ दिनोस्
-कुञ्जना घिमिरे (सुन्तली)
जब हामीले रामेछाप, सिन्धुपाल्चोक, काभ्रेमा छलफल
र गोष्ठी गर्यौं । त्यहाँबाट तपाईहरु गाउँ गाउँसम्म
छिर्नुहोस् भन्ने सुझावहरु आए । केन्द्रमा त छलफल जसले
पनि गरिरहेको हुन्छ नि ।
मैले भनें, गाउँ त पछि छिर्ने हो, पहिला फोहोर कहाँ
छ भन्दा केन्द्रमा छ । केन्द्र नै फोहोरी छ भने केन्द्र
सफा गर्नुपरेन ?
हामीले दुईघण्टा छलफल र गोष्टी केन्द्रमा गर्यौं ।
तपाईहरु पहिला आफू सच्चिनुहोस, तपाईहरु सच्चिएपछि
तपाई हामी साथमा मिलेर फेरि हामी गाउँगाउँ
छिर्छौं ।
हामीले सडक-सडकमा फोहोर टिप्दै पनि हिँड्यौं ।
चिच्याउँदै पनि हिँड्यौं । आन्दोलनमा आउनुपर्यो भने
एकैछिनमा मान्छेहरु सडकमा उत्रिन्छन्, जिन्दावाद र
मूर्दावादका नारा लगाउँछन् । जिन्दाबाद मूर्दावाद
भन्दै ठ्याउने ती हातहरुले फोहोर टिप्न भने कोही पनि
सडकमा आउँदैनन् । हाम्रो घर अगाडिको फोहोर
सरकारले आएर टिपिदिने हो र ?
हामी जे चीजमा पनि सरकारलाई मात्रै आरोप
लगाउँछौं । तर, हाम्रो घर अगाडिको फोहोर भनेको
त हामीले नै टिप्ने हो । हामीले आफूलाई सभ्य
नागरिक बनाउनुछ भने आफ्नो घर अगाडिको फोहोर
आफैं टिप्नुहोस । जिन्दावाद र मूर्दावाद भन्दै हात
हल्लाएर हिँड्नु परेन ।
कुनैपनि राजनीतिक दलले आफ्ना कार्यकर्ता ल्याएर
फोहोर टिपाउनुहोस, ठाउँ सफा राख्नुहोस् । ठाउँ
सफा रखेपछि मन सफा हुन्छ । मन सफा भएपछि दिमाग
सफा हुन्छ । दिमाग सफा भयो भने हामी रिफे्रस
हुन्छौं ।
हामी रिफ्रेस हुनका लागि काठमाडौं बाहिर
जान्छौं । हामी किन काठमाडौंमा रिफ्रेस हुन
सक्दैनौं ? भूकम्पपीडितका लागि टहरा बनाउन हामी
दुई महिना काभ्रेमा बस्दाखेरि उहाँ (धुर्मुस)को
ग्यास्टि्रक पनि छैन । जब काठमाडौं छिर्यो स्ट्रेस ।
हामीलाई मात्रै होइन, सम्पूर्णलाई हुन्छ । किन भन्दा
फोहोरि खेल, फोहोर र हरेक चिज अव्यवस्थित छ ।
अनि हामी धुलिखेल, ककनी, पोखरा, धरान घुम्न जाने
सफा भएर त हो नि ।
त्यो सफा हामीले यहाँ किन नगर्ने ? दुई दिन सफा
ठाउँमा गएर आउँदैमा हामी सफा हुने त होइन । त्यो
चीज हामीले थाल्नुपर्छ । विदेश किन विकास भएको
छ भन्दाखेरि चिल्ला बाटाहरु, सफा गाउँ, रिफ्रेस
सेन्टर, मान्छे हिँड्ने एउटा लाइन, सभ्य मान्छेहरु, त्यही
भएर त्यो चिज चै अब हाम्रो देशमा पनि आवश्यक छ ।
देश विकास गर्ने हो भने सरसफाइ भनेको सबैभन्दा
महत्वपूर्ण छ भन्ने हिसाबले हामीले मनदेखि नै
रियलाइज गरेर हामी हिँडेका छौं । र, यो हाम्रो
मात्रै अभियान होइन, सम्पूर्ण नेपाली जगतकै अभियान
हो । हजुरहरुले जसरी सपोर्ट गरिरहनुभएको छ, आगामी
दिनमा पनि धुर्मुस सुन्तली साँच्चै नै यसरी जानुभएको
रहेछ, यो अभियान उहाँहरुको मात्रै होइन हाम्रो
पनि हो भन्ने ठानेर हजुरहरुको साथ र सपोर्ट चाहिन्छ
। अब चाहिँ हामी देशदौडाहमा निस्किएकै हौं ।
आफ्नो ठाउँ सफा राख्नुपर्छ भन्नेमा तपाई हामी
सक्षम छौं, सचेतनाको आवश्यकता छैन नि शहरमा ।
कसलाई थाहा छैन, खाना खानुअघि साबुन पानीले
हात धुनुपर्छ, दिसा गरिसकेपछि साबुन पानीले हात
धुनुपर्छ । चर्पीमै दिसा पिसाब गर्नुपर्छ भन्ने कुरा
केन्द्रमा थाहा छ नि । त्यो सफाइ केन्द्रमा चाहिएन,
त्यो हेपाहा प्रवृत्ति आफूले खाएर छिमेकीका अघि
फोहोर फाल्दिने । त्यो फोहोरले आफूलाई पनि असर
गर्छ भन्ने चाहीँ छैन ।
होटलवालाले झिँगा भन्किनेगरी फोहोर गर्छ, तर
साइडकोलाई पनि त्यसले असर गर्छ । त्यो चीज
मान्छेलाई थाहा पनि छ, तर बेवास्ता गरिन्छ ।
उसको घरको अगाडि फोहोर भएको त हो नि मेरो
अगाडि होइन भन्ने चीजहरु केन्द्रमा छन् । यिनीहरुलाई
जबसम्म सफा गरिँदैन गाउँमा त के हुन्छ र ।
जहाँ घनाबस्ती हुन्छ, जहाँ बढी जनसंख्या हुन्छ, फोहोर
हुने त्यहाँ हो नि । गाउँमा त, पहाडमा त एउटा घर
यहाँ भयो भने अर्को घर पर हुन्छ । कति नै फोहोर हुन्छ
र ? गाउँमा भनेको चर्पी बनाउ, चर्पीमै दिसा
पिसाब गर भन्ने अभियान लानुपर्छ । तर केन्द्रमा
चाहीँ पहिला हामीले दिमाग नै फोहोर, राजनीति
फोहोर, यी चिज हटाउनुपर्छ भनेर हामी हार्टली
मनैदेखि लागेका छौं ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved