Home » » भियतनामकी सुन्दरीलाई ‘मिस हेरिटज इन्टरनेशनल’को उपाधी, नेपालकी निशा थर्ड रनरअप

भियतनामकी सुन्दरीलाई ‘मिस हेरिटज इन्टरनेशनल’को उपाधी, नेपालकी निशा थर्ड रनरअप


सौन्दर्य प्रतियोगितामार्फत यूनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सुचीमा रहेका विश्वका विभिन्न मुलुकका
सम्पदा र संकृतीको जगेर्ना गर्ने उद्देश्यले आयोजना भएको ‘मिस हेरिटेज इन्टरनेशनल’को यस बर्षको उपाधी भियतनामकी
भिक्टोरिया फामले जितेकी छिन् ।
डिसेम्बर १२ मा भारतको नयाँ दिल्लीस्थित अशोका कन्टी रिसोर्टमा यो प्रतिस्पर्धा आयोजना भएको हो ।
टिनिडाड एन्ड टोबागोकी केटिशा विलियम्सले फस्ट रनरअप र म्यानमारकी चय यूपर सेट्सले सेकेन्ड रनरअपको उपाधी
जितेकी छिन् । नेपालकी निशा पाठक थर्ड रनरअप र दक्षिण अफि्रकाकी नताशा मोगोरोसी फोर्थ रनरअप हुन सफल भए

नेपालस्थित ई प्लानेट प्रा.लि.को आयोजनामा सम्पन्न यो प्रतियोगितामा भारतस्थित वी फोर वी एवं कलाईमनि
केयरर्स स्थानीय पार्टनरका रुपमा रहेको थियो । प्रतियोगिताका लागि फोटोसुट पनि महत्वपूर्ण रह्यो । जस अन्तर्गत
स्विमसुट लगायत विभिन्न पहिरनमा फोटोसूट गरिएको थियो । प्रतियोगितामा मिस इन्भारोमेन्टल एम्बेसडर
अवार्डमा नेपालकी निशा पाठकले आफ्नो नाम दर्ता गरिन् भने वेष्ट इन्भारोमेन्टल डेसको उपाधी पनि उनले नै हात
पारिन् ।
नेपाल लगायत भारत, फिलिपिन्स, मलेसिया, म्यानमार, जाम्बिया, तान्जानिया, भियतनाम, डेनमार्क, रसिया, सेन्टल
रसिया, लेसोथो, दक्षिण अपि|mका लगायत डेढ दर्जन भन्दा बढी मुलुकका सुन्दरीहरुको सहभागिता प्रतियोगितामा
थियो ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved