Home » » पेट्रोल पम्पमा रिमोट प्रकरणः सहसचिव एवं नापतौल विभागका पूर्वप्रमुख पक्राउ

पेट्रोल पम्पमा रिमोट प्रकरणः सहसचिव एवं नापतौल विभागका पूर्वप्रमुख पक्राउ


२७ मंसिर, काठमाडौं । पेट्रोल पम्पहरुमा रिमोट
चलाएर ठगी गर्ने चिप्स जोड्न मिलोमतो गरेको
आरोपमा नेपाल सरकारका सहसचिव एवं गुणस्तर तथा
नापतौल विभागका प्रमुख प्रमुख रामआधार साह
पक्राउ गरेका छन् ।
उनी वातावरण मन्त्रालयका सहसचिव हुन् । नेपाल
प्रहरीको अपराध महाशाखाको टोलीले उनलाई
पक्राउ गरेको छ । साहलाई आइतबार साँझ
गौशालाबाट पक्राउ गरिएको महाशाखा प्रमुख
एसएसपी सर्वोन्द्र खनालले अनलनइनखबरलाई
जानकारी दिए ।
साह चार वर्ष अघि विभागको क्षेत्रीय निर्देशक हुँदा
नै पेट्रोल पम्पहरुमा डिजिटल प्रविधि सुरु भएको
थियो । साहको मिलेमतोमा रिमोट चलाएर ठगी
गर्ने चिप्स जडान सुरु भयो । यसका लागि भारतीय
समूह संलग्न भएको पाइएको छ ।
भारतीय गिरोहलाई पक्राउ परेका छन् भने हालै मात्र
अपराध महाशाखाले राजधानीका १७ पेट्रोल पम्पमा
छापा मारेर त्यस्ता चिप्सहरु बरामद गरेको थियो ।
पक्राउ परेकाहरुको बयानकै आधारमा अपराध
महाशाखाले आयल निगम थानकोट डिपो प्रमुख रविन
शर्मालाई पक्राउ गरेको छ । लगतै प्रहरीको टोलीले
साहलाई पक्राउ गरेको छ ।
स्रोतका अनुसार साहले पम्पहरुमा ठगी गर्ने चिप्स
जडान गरेर मासिक असुली गर्ने गरेका थिए । उनले पहुँच
हेरेर १२ देखि २५ हजार रुपैयाँसम्म लिने गरेका थिए ।
पैसा लिएपछि विभागको अनुगमनका क्रममा
कारबाहीबाट जोगाउने र नमान्नेलाई अनुगमनका
नाममा फसाउने गरेको आरोप छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved