Home » » मधेसी मोर्चाका ४ नेतासहित ६ जना भैरहवाबाट पक्राउ

मधेसी मोर्चाका ४ नेतासहित ६ जना भैरहवाबाट पक्राउ


२० मंसिर, भैरहवा । संयुक्त लोकतान्त्रिक मधेसी
मोर्चामा आबद्ध दलका रुपन्देही जिल्ला नेतृत्वलाई
प्रहरीले आइतबार पक्राउ गरेको छ ।
संघीय समाजवादी फोरम नेपालका रुपन्देही जिल्ला
अध्यक्ष महेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक
पार्टीका जिल्ला अध्यक्ष अजय वर्मा, सदभावना
राजेन्द्र महतो पक्षका केन्द्रीय उपाध्यक्ष ओमप्रकाश
यादव (गुल्जारी) र तमसपाका रुपन्देही जिल्ला
अध्यक्ष श्रीनिवास यादव पक्राउ परेका हुन् ।
नेपाल-भारत सीमामा पर्ने भैरहवाको बेलहिया
नाकामा धर्ना दिन आएकाबेला उनीहरुलाई पक्राउ
गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका
डिएसपी रामेश्वर कार्कीले जानकारी दिए ।
जिल्ला नेताहरुको साथबाट कार्यकर्ताहरु गणेश पाल
र राजकुमार सिंह पनि पक्राउ परेका डिएसपी
कार्कीले बताए ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved