Home » » मलेसियामा अवैध काम गरिरहेकी महिलाले बच्चा जन्माएपछि…

मलेसियामा अवैध काम गरिरहेकी महिलाले बच्चा जन्माएपछि…


मंसिर २० | बलराम भट्ट
मलेसिया– ६ वर्षअघि वैदेशिक
रोजगारीको सिलसिलामा यहाँ
आएकी सिन्धुपाल्चोककी एक महिलाले
शिशुको जन्म दिएकी छन् ।
एक छोरा र छोरी छाडेर काठमाडौंको
सिद्दिबाबा मेनपावरमार्फत मलेसिया
आएकी सिन्धुपाल्चोक भोटेनाम्लाङ
गाबिसकी ३८ बर्षिय कृषनी लामाले
शिशुको जन्म दिएकी हुन् ।
टप गोल्ब कम्पनीमा काम गर्न भनी आएकी
लामाले गत असोज दस गते छोराको जन्म
दिएकी थिइन् ।
मलेसिया आएको पाँच बर्ष बिताइ सके
पछि पनि घर फर्किनुको सट्टा उनी
अबैधानिक रूपमा मलेसियाकै इपो भन्ने
ठाँउमा अबस्थित एक कुखुरा फारममा
काम गर्दै आएकी थिइन् ।
कुखुरा फाराममै अबैध रूपमा काम गर्दै
आएका सिन्धुपाल्चोककै भिम बहादुर
तामाङ सँग लामो समयदेखी प्रेम सम्बन्ध
रहेको र सोहि क्रममा उनीहरुबाट
छोराको जन्म भएको हो ।
भिम बाहादुर आठ बर्ष अघि
रोजगारीको सिलसिलामा मलेसिया
आएका थिए । उनको पनि हाल नेपालमा
नौ बर्षिय छोरी छन् ।
लामो समय देखि घर परिवारमा सम्पर्क
नगरे पछि दुबै जनाको परिवार चिन्तित
अबस्थामा खोज तलास गर्दा उनिहरु लाई
यस्तो अबस्थामा भेटिएको भिमका
श्रीमती प्रमिला योन्जनले बताइन् ।
यसरी मलेसियामा बिना भिषा काम
गरेरहेका हरुलाइ आफ्नो रित्तो ज्यान घर
फर्काउन त निकै गाह्रो हुन्छ । दुबै जना
अबैधानिक ब्यक्तिले बच्चाको जन्म दिनु
झन् समस्य माथी समस्य भएकोले कसरी यो
समस्यको समाधान गर्ने हो भन्ने कुरा
उनिहरुका परिवार र उनिहरु आफै
अन्योलमा परेका छन् ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved