Home » » मधेसी र थारु जनतालाई फकाउन सरकारले पचास लाख खर्च गर्ने !

मधेसी र थारु जनतालाई फकाउन सरकारले पचास लाख खर्च गर्ने !


देशैभरी नयाँ संविधानको प्रचार गरिने
काठमाडौं, २० मंसिर । आन्दोलनरत मधेसी र थारु
जनतालाई फकाउन सरकारले पचास लाख रुपैयाँ
खर्च गर्ने भएको छ ।
आन्दोलनमा होमिएका जनतालाई संविधानमा
समेटिएका अधिकार बुझाउन पचास लाख रुपैयाँ
खर्च गरिने संघीय मामिला तथा स्थानीय
विकास मन्त्रालयले जनाएको छ ।
आइतबार पत्रकार सम्मेलन गरी उपप्रधान तथा
स्थानीय विकासमन्त्री कमल थापाले
आन्दोलनमा होमिएका जनताको भ्रम चिर्न
संविधानको राष्ट्रव्यापी प्रचार अभियान सुरु
गरिएको बताए । अभियानको उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार
राष्ट्रिय सभागृहमा आयोजित विशेष
कार्यक्रमबाट गर्दैछन् ।
मन्त्री थापाका अनुसार ‘जनताको संविधान
जनताकै माझमा’ भन्ने नाराका साथ सुरु हुन
लागेको यो अभियानका लागि पहिलोचरणमा
सरकारले ५० लाख रुपैयाँ बजेट छुट्याएको छ । मन्त्री
थापाले भने- जनतामा रहेका भ्रम चिर्न सरकारले
१४ अञ्चल, ७५ जिल्लाका सबै नगरपालिका र
गाविसमा यो अभियान पुग्छ ।’
जनतालाई बुझाउन संविधान पनि जनताकै
स्थानीय भाषामा उल्था गरिएको छ । मन्त्री
थापाका अनुसार संविधानलाई मैथली, भोजपुरी,
अवधि र थारु भाषामा रुपान्तरण गरिएको छ ।
यसैगरी सञ्चारमाध्यमबाट पनि संविधानको
व्यापक प्रचारप्रसार गरिनेछ ।
तराई मधेसमा लामो समयदेखि आन्दोलन
चर्किरहेका बेला सरकारले जनताको भ्रम चिर्न
संविधानको राष्ट्रव्यापी प्रचार अभियान
ल्याएको हो । अभियानको नेतृत्व संघीय
मामिला तथा स्थानीय विकास मन्त्रालयले
गरिरहेको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved