Home » » पूर्वी नाकाबाट नियमित रुपमा इन्धन भित्रिन थाले

पूर्वी नाकाबाट नियमित रुपमा इन्धन भित्रिन थाले


२० मंसिर, काठमाडौं । पूर्वी नेपालका नाकाहरुबाट
नियमित रुपमा इन्धन भित्रिन थालेको छ । भारतीय
नाकाबन्दीपछि अनियमित भएको इन्धन आयात एक
सातादेखि विस्तारै सहज हुँदै गएको नेपाली भन्सार
अधिकारीले बताएका छन् ।
भारतीय भन्सारले इन्धन बोकेका गाडीहरुलाई ‘क्यु
सिस्टम’ बाटै आउन थालेपछि नाका समान्य हुने
प्रयासमा देखिएको मेची भन्सारका एक अधिकारीले
बताए ।
भारतीय नाकाबन्दीपछि सुस्ताएको इन्धन आयात
पछिल्ला दिनमा केही बढेको बिराटनगर भन्सारले
पनि जनाएको छ । ‘दैनिक रुपमा इन्धन बोकेका गाडी
आएका छन् । भारतीय पक्षको अवरोध केही खुकुलो
भएको अनुभव भएको छ’ बिराटनगर भन्सारका
अधिकारीले भने ।
पछिल्ला दिनमा पूर्वी नाका बिराटनगर र मेची
भन्सारबाट दैनिकजसो इन्धन बोकेको गाडी नेपाल
प्रवेश गर्न थालेका छन् ।
मेची भन्सारबाट पछिल्ला दिनमा औसत १ सय र
बिराटनगरबाट २ सय मालबाहक गाडि नेपाल
भित्रिरहेका छन् । एकसाताको बीचमा बिराटनगर
नाकाबाट २ सय २६ वटा इन्धनका ट्यांकर नेपाल प्रवेश
गरेका छन् ।
जसमा ६८ वटा पेट्रोल बोकेका ट्यांकर छन् भने १ सय ४८
वटा डिजेलका छन् । यस्तै पहिलो ए सातामा १० बुलट
ग्यास बिराटनगर नाकाबाट भित्रिएको छ ।
यस्तै मेची भन्सार नाका भएर ४ सय ३६ किलोलिटर
पेट्रोल भित्रिएको छ भने ४ सय ७३ किलोलिटर डिजेल
आएको छ । एक सतामा १ सय ८ किलोलिटर मटितेल
आएको मेचीबाट १ सय २० किलोलिटर हवाइ इन्धन
पनि नेपाल भित्रिएको छ ।
यस्तै २ लाख ३० हजार ६ सय ९ केजी बराबरको ग्यास
बुलेट पनि नेपाल आएको मेची भन्सार कार्यालयले
जनाएको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved