Home » » विवाहका पुजारीले दुलाहाकै अगाडि दुलहीसँग यौन सम्बन्ध राखेपछि…!

विवाहका पुजारीले दुलाहाकै अगाडि दुलहीसँग यौन सम्बन्ध राखेपछि…!

एजेन्सी । नवविवाहित महिलाले नचाहँदा नचाहँदै
जबरजस्ती यौनसम्बन्ध राख्ने एक पुजारी तथा
तान्त्रिक कानुनको फन्दामा परेका छन् ।
बिरामी भएकी नवविवाहित महिलालाई ठिक
पारिदिने भन्दै ति पुजारीले यौनसम्बन्ध राखेका
थिए । उनलाई २५ वर्षपछि जेल सजायँ भएको छ ।
घटना महाराष्ट्रको मालेगाउँको हो । टाइम्स अफ
इण्डियाका अनुसार विहे भएको दुई-तीनपछि दुलही
विरामी भइन् । परिवारजनले उनलाई आफूलाई
तान्त्रिक समेत बनाउने विवाहका पुजारी कहाँ लगे ।
तान्त्रिकले दुलहीको शरीरमा रहेको भूत प्रेत ठिक गर्ने
बहानामा उनलाई आफ्नो कोठामा लगे । त्यसपछि
उनले दुलहीलाई कपडा खोल्न लगाए । केहीबेर झारफुक
गरेर जबरजस्ती यौन सम्बन्ध राखे । त्यो बेला पीडित
महिला निकै चिच्याइरहेकी थिईन् ।
अचम्मको कुरा त के छ भने जून कोठामा दुलहीसँग
तान्त्रिकले यौनसम्पर्क गरिरहेका थिए त्यो बेला
पीडितका श्रीमान र सासु त्यही कोठाबाहिर
उभिरहेका थिए । दुलही चिच्याउँदा पनि उनीहरु
झारफुक गरिरहेको ठानेर बाहिरै बसिरहे ।
तान्त्रिकको उपचारले निको नभएपछि उनलाई
अस्पताल लगियो जहाँ तान्त्रिकले बलात्कार भएको
कुरा परिवारले थाहा पाए । आरोपी तान्त्रिकको
उमेर अहिले ५५ वर्ष पुग्यो, आज भन्दा २५ वर्ष पहिले
नवविवाहितको यौनशोषण गरेको अभियोगमा
स्थानीय अदालतले सात वर्षको जेल सजायँ सुनाएको
थियो । यो सजायँमा तान्त्रिकले एक महिना मात्रै
जेलमा बसे । त्यसपछि जमानतमा रिहा भए ।
आरोपी तान्त्रिकको नाम शान्ताराम जेंडे हो ।
उनीविरुद्ध फैसला गर्दै अहिले बाम्बे हाईकोर्टले
जिल्ला अदालतलाई पीडकलाई अदालतमा उपस्थित
गराएर सजायँ पुरा गराउन आदेश दिएको छ ।
स्थानीय अदालतले तान्त्रिकलाई जमानतमा
छाडेपछि पीडित परिवारले हाईकोर्टमा मुद्दा
हालेको थियो । जहाँ पुजारीले पनि सजायँ माफ
गरिदिन विन्ति गरेका थिए तर, अदालतले उनको
विन्ति खारेज गरिदिएको छ । २५ वर्षपछि अब
पुजारीले ६ वर्ष ११ महिना जेल बस्नुपर्ने भएको छ ।


Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved