वासिङटन–अमेरिका र चीनबीच तनाव बढेको छ।
अमेरिकाले दक्षिणी चिनिया सागरमाथि बम वर्षक
बिमान उडाएपछि चीन आक्रोशित भएको
अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। दक्षिणी
चिनिया सागरमाथि चीनले आफ्नो अधिकार
दाबी गर्दै आइको छ।
तर अमेरिकाले भने घटना अनजानमा भएको र सोको
अनुसन्धान जारी रहेको अमेरिकाले जनाएको छ। गत
हप्ता भएको सो घटनामा अमेरिकी रक्षामन्त्रालय
पेन्टागनले दुई वटा बम वर्षक बिमान नियमित
अभियानमा गएको जनाएको छ।
पेन्टागतका प्रवक्ता बिल अर्बनले भने,' यो
अभियानका लागि १२ समुद्री मिलभन्दा माथि
उडान भर्ने कुनै योजना थिएन।' चीनले हवाइ मार्गको
विषयमा चिन्ता व्यक्त गरेको छ। चीन दक्षिणी
सागरको पुरै क्षेत्र आफ्नो भएको दाबी गर्दै आएको छ।
सो क्षेत्रलाई भियतनाम, मलेसिया, फिलिपिन्स,
ताइवान र ब्रुनाईलेपनि दाबी गर्दै आएका छन्।
अमेरिका चीनले विवादित समुन्द्रमा कृतिम द्वीप
बनाउने विषयलाई लिएर गम्भीर भएको बताइएको छ।
Home »
amazing world
,
World
» अमेरिकी बम बर्षक बिमानद्वारा दक्षिणी
चिनिया सागरमाथि उडान, चीन आक्रोशित
अमेरिकी बम बर्षक बिमानद्वारा दक्षिणी चिनिया सागरमाथि उडान, चीन आक्रोशित
Posted by Unknown
Posted on 1:38 AM
with No comments
Labels:
amazing world,
World

0 comments:
Post a Comment