Home » » दिल्लीबाट फर्किएर वीरगञ्जमा राजेन्द्र महतोको पत्रकार सम्मेलन, सरकारमाथि आरोपको वर्षा

दिल्लीबाट फर्किएर वीरगञ्जमा राजेन्द्र महतोको पत्रकार सम्मेलन, सरकारमाथि आरोपको वर्षा


'मधेसका माग र मुद्दाबारे भारतीयहरुलाई बुझाउने
काम गरे'

वीरगन्ज, २८ मङ्सिर । सद्भावना पार्टीका
अध्यक्ष राजेन्द्र महतोले सरकार वार्ताप्रति
गम्भीर नभएको आरोप लगाउनुभएको छ ।
“संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अघि
सारेका ११ बुदे मागप्रति सरकार र प्रमुख विपक्षी
दल संवेदनशील भएको देखिएका छैनन्,” आज यहा
आयोजित पत्रकार सम्मेलनमा उहाले भन्नुभयो-
“वार्ताप्रति सरकार गम्भीर नभई नाटक मात्र
गरिरहेको देखिन्छ ।
मधेस आन्दोलनप्रति सरकारले फैलाएको दुष्प्रचार
चिर्न मोर्चाका शीर्षस्थ नेताहरुले हालै भारत
भ्रमण गरेको उल्लेख गर्दै उहाले आफूहरुको भारत भ्रमण
फलदायी र उपलब्धिमूलक भएको बताउनुभयो ।
अध्यक्ष महतोले राज्यबाट शोषित, पीडित र
बहिष्कृत भएका मधेसीहरुले अधिकार प्राप्तिका
लागि गरिरहेको आन्दोलनलाई अन्तर्राष्ट्रिकरण
गर्न सहयोग र समर्थन गर्न भारतीय सरकार र
त्यहाका नागरिकलाई आग्रह गरिएकोे र मधेसका
माग र मुद्दाबारे उनीहरुलाई बुझाउने काम भएको
पनि बताउनुभयो । रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved