सिन्धुली, मंसिर १९ । भारतीय नाकाबन्दीले
खाना पकाउने इन्धनको अभावमा दाउराको
खपत बढ्न गइ जंगल नै विनास हुने भएपछि
सिन्धुलीका उपभोक्तालाई स्थानीय
प्रशासनको निर्देशनमा आधा सिलिन्डर
खाना पकाउने एलपी ग्यास वितरण गरिएको
छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुली र
सिन्धुली उद्योग वाणिज्य संघको संयुक्त
प्रयासमा तीन सय ग्यास गोला
प्रथाद्धारा वितरण गरिएको
हो ।
तीन महिनायता सिन्धुलीमा ग्यास आपूर्ति
नहुँदा सदरमुकाम सिन्धुलीमाडी र आसपास
जंगलका जंगल नै विनास गरी रुख कटानी हुन
थालेको थियो ।
Home »
Nepali News
» वन विनास रोक्न
गोलाप्रथाद्धारा ग्यास
बाँडियो
वन विनास रोक्न गोलाप्रथाद्धारा ग्यास बाँडियो
Posted by Unknown
Posted on 7:57 PM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment