Home » » मध्यस्थता गर्न भारत इच्छुक....

मध्यस्थता गर्न भारत इच्छुक....


१९ मंसिर, काठमाण्डौं ।
भारतले नेपालका प्रमुख तीन दल र मधेसी मोर्चाबीच
वार्ताको मध्यस्थता गर्न आफू इच्छुक रहेको जनाएको
छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले शुक्रबार
नयाँदिल्लीमा संघीय समाजवादी फोरमका
उपमहासचिव अभिशेकप्रताप साहलाई यसको
जानकारी गराएकी हुन् ।
साहका अनुसार स्वराजले नेपालको हरेक आन्दोलनसँग
भारतको भूमिका जोडिएको उल्लेख गर्दै अहिले पनि
भारत मध्यस्थ गर्न तयार रहेको बताएकी हुन् ।
नेपालको समस्या राजनीतिक भएको र गोली
चलाएर राजनीतिक समस्या समाधान नहुने पनि
स्वराजले बताएको साहको भनाइ छ ।

चीनलाई तान्न खोजियो : राजनाथ
भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपाल र
भारतको सम्बन्धमा प्रभाव पार्ने गरी चीनलाई
तान्न खोजिएको उल्लेख गर्दै आफ्नो देशको
ध्यानाकर्षण भएको बताएका छन् । फोरम नेता
अभिषेकप्रताप साहसँगको भेटमा गृहमन्त्रीले जनस्तरमा
रहेको सम्बन्धलाई प्रभावित पार्न खोजिएकोमा
असन्तुष्टिसमेत जनाएका छन् । ‘नेपालमा गहिरिँदो
समस्याले भारतको सुरक्षा चासो पनि थपिएको छ
। हामी चिन्तित छौँ । नेपालमा चीनको
गतिविधि बढाउन खोजिएको छ र चीनलाई
नेपाल–भारत जनस्तरको सम्बन्ध प्रभावित पार्न
तान्न खोजिएको छ । ७० लाख नेपाली भारतमा
बस्छन्, उनीहरूको भारतीय जनतासँगको सम्बन्धमा
समेत खलबल गराउने कोसिस भएको छ । यो राम्रो
होइन,’ गृहमन्त्रीको भनाइ उद्धृत गर्दै साहले भने ।

मधेसी नेता दिल्लीबाट फर्केपछि मात्र वार्ता
मधेसी मोर्चाका नेताहरू आइतबार दिल्ली जाँदै छन्
। परराष्ट्रमन्त्री कमल थापाले भारतीय
विदेशमन्त्रीसाग संवाद गरेर ‘संकेत’ ल्याएपछि त्यस
विषयमा थप छलफल गर्न उनीहरू दिल्ली जान
थालेका हुन् । मोर्चाका नेता महन्थ ठाकुर, उपेन्द्र
यादव, महेन्द्र राय यादव र राजेन्द्र महतो दिल्ली
जानेछन् । महतो तराईमै रहेका कारण उनी उतैबाट
दिल्ली जानेछन् भने तीनजना काठमाडौंबाट
दिल्ली जान लागेका हुन् ।
तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठी भने दिल्लीमै
छन् । दिल्लीले मोर्चासँग छलफल गरी संविधान
संशोधनको प्रक्रिया र सीमांकनबारे राजनीतिक
समिति बनाउन प्रमुख दललाई सुझाब दिएको थियो
। तर, तीन दलले मोर्चासँग छलफल नगरी प्रक्रिया
अगाडि बढाएकोमा मोर्चा आक्रोशित छ ।
दिल्लीमा मोर्चाका नेताहरूले विदेशमन्त्री सुष्मा
स्वराजसहित उच्च राजनीतिक भेटघाट गर्नेछन् ।
उनीहरू फर्किएपछि मात्र तीन दल र मधेसी
मोर्चाको वार्ता हुने स्थिति छ । नयाँ
पत्रिका मा खबर छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved