रौतहट–दिल्ली प्रस्थान गर्नु अघि मधेसी मोर्चा
आबद्ध सद्भावना अध्यक्ष राजेन्द्र महतो र तराई मधेस
सद्भावना अध्यक्ष महेन्द्र राय यादव सितामढी प्रवेश
गरेका छन्। गत बिहीबार सर्लाहीको नवलपुरमा
मोर्चाको आमसभामा प्रहरीले चलाएको गोली
लागी घाइते भएका कार्यकर्तालाई भेट्न भन्दै दुवै
अध्यक्ष शनिबार विहान सितामढी प्रस्थान गरेका
हुन्। मोर्चाका घाइते कार्यकर्ताको भारतको
सितामढीमा उपचार भइरहेको छ।
स्रोतका अनुसार महतो र यादव घाइते कार्यकर्तालाई
भेटेर आजै पटना जाने कार्यक्रम रहेको छ। उनीहरु
पटनाबाट शनिबार साँझको उडानबाट दिल्ली जाने
कार्यक्रम तय भएको स्रोतले जनायो।
यसअघि मोर्चाका चारै जना अध्यक्ष काठमाडौंबाट
आइतबार विहान दिल्ली जाने कार्यक्रम थियो।
महतो र यादव पटनबाट दिल्ली जानेभएपछि आइतबार
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र
यादव र तमलोपा अध्यक्ष महन्थ ठाकुर आइतबार विहान
काठमाडौंबाट दिल्ली जाने बताइएको छ।
Home »
Nepali News
» राजेन्द्र र महेन्द्र सितामढी
जाँदै, आजै दिल्ली जाने
राजेन्द्र र महेन्द्र सितामढी जाँदै, आजै दिल्ली जाने
Posted by Unknown
Posted on 9:26 PM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment