माधव नेपाल पक्षले भन्यो- हतारमा प्रदेशको सीमांकन
नचलाऊ
२० मंसिर, काठमाडौं । नेकपा एमालेभित्र भारतको
नाकाबन्दी र मधेसी मोर्चाको आन्दोलनको
दबावमा परेर संघीय प्रदेशहरुको सीमांकन हेरफेर नगर्न
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा
ओलीमाथि दबाव बढेको छ ।
माधवकुमार नेपाल, झलनाथ खनाल, भीम
रावलसहितका शीर्षनेता तथा युवापुस्ताका नेताहरुले
सीमांकन हेरफेरमा पार्टीको पुरानो अडान नछाड्न
ओलीमाथि दबाव बढाएका हुन् ।
सीमांकन हेरफेरको मामिलामा एमालेका यी
नेताहरुले कांग्रेस महामन्त्री कृष्ण सिटौला लगायतका
नेतालाई पनि आफ्नो पक्षमा पारेको स्रोतले
जनाएको छ । यी नेताहरुकै दबावका कारण सिमांकन
फेरबदल अहिलेनै गर्नुपर्ने मधेशी मोर्चाको मागमा
सहमति नजुटेको बालुवाटार स्रोतले जनाएको छ ।
स्रोतले भन्यो- अब अति भयो भन्ने निष्कर्षमा पुगेर
प्रधानमन्त्री पनि केही लचिलो हुन खोज्नुभएको हो ।
सुशील कोइराला र प्रचण्ड पनि सीमांकन हेरफेरमा
तराई मधेसको भूगोलमा चुरे मिसाउने र केही जिल्ला
टुक्राउने कुरामा सहमत हुन लागेका थिए । तर, माधव
नेपालले ठाडै बिरोध गरे ।
माधव नेपालमात्र होइन, यसमा कांग्रेस उपसभापति
रामचन्द्र पौडेल र महामन्त्री कृष्ण सिटौला पनि
एकमुख भए । ‘यी नेताहरुको बिरोधकै कारण
राजनीतिक समिति बनाउने र तीन महिना समय दिने
बीचको बाटो निकालिएको हो’ स्रोतले भन्यो ।
तराई मधेसका बिभिन्न जिल्लाको भ्रमण गरेर
कर्णाली पुगेपछि काठमाडौं आएका बरिष्ठ नेता
माधव नेपालले सीमांकन चलाउँदा देशैभरि अरु आन्दोलन
हुने भन्दै त्यो अवस्था झन् थेग्न नसकिने चेतावनी
दिएका छन् ।
‘अहिले तपाईहरुले सिमांकन चलाउनुभयो भने जताततै
आन्दोलन शुरु हुन्छन्, तपाईहरुले त्यो अवस्था सम्हाल्न
सक्नुहुन्न’ नेपालको भनाइ उधृत गर्दै बालुवाटार बैठकका
एक सहभागीले भने ।
नेपालले सीमांकनकै कारण मधेसको आन्दोलन नरोकिने
अवस्था हो भने बरु हाल कायम गरिएको ७ प्रदेशको
सीमांकनलाई स्थगन गरेर जाने प्रस्तावसमेत राखेका छन्
।
एमालेमा माधव नेपाल झलनाथ खनाल पक्षले हतार र
दबावमा सीमांकन हेरफेर गर्न नहुने मत पार्टीभित्र र
सर्वदलीय बैठकमा समेत राखिरहेको छ । शुक्रबार
स्थायी कमिटी बैठकमा पनि यही कुरा उठेको र
राजनीतिक समितिबाट आएको सुझावका आधारमा
संशोधन गर्ने निर्णय भएको सचिव पृथ्वी सुब्बा गुरुङले
बताए ।
एमालेले संस्थागत रुपमै पनि तराई मधेसको भूगोललाई
मात्र दुई प्रदेश बनाउने मोर्चाको मागमा सैद्धान्तिक
रुपमै असहमति जनाइसकेको छ । ‘हिमाल,पहाड र तराई
अलग गर्ने कुरा एमालेलाई कुनै हालतमा स्वीकार्य
छैन,यसमा सबै प्रष्ट भए हुन्छ’ एमाले महासचिव पोखरेलले
अनलाइनखबरसँग भने ।
सीमांकनको मामिलामा सबै क्षेत्रका कार्यकर्ताको
सुझाव लिनका लागि एमालेले मंसिर २१ र २२ मा
चितवनमा विशेष राष्ट्रिय कार्यकर्ता भेला
आयोजना गरिएको एमाले सचिव योगेश भट्टराईले
बताए ।
आन्दोलनको चपेटामा परेको तराई मधेसका अगुवा
कार्यकर्तालाई सहज होस् भनेर भेला तराई भूभागको
मध्यविन्दु मानेर चितवनमा आयोजना गरिएको एमाले
स्रोतले जनाएको छ । भेलाले सीमांकन परिमार्जनका
सवालमा पार्टीलाई म्याण्डेट दिनेछ ।
Home »
Nepali News
» दिल्ली र आन्दोलनको दबावमा सीमांकन हेरफेर नगर्न
एमाले नेतृत्वमाथि दबाव
दिल्ली र आन्दोलनको दबावमा सीमांकन हेरफेर नगर्न एमाले नेतृत्वमाथि दबाव
Posted by Unknown
Posted on 8:01 PM
with No comments
Related News you might like to see :
Labels:
Nepali News
0 comments:
Post a Comment