Home » , » घरबार बेचेर, जागिर छाडेर दुनिया घुम्न निस्केको जोडी (फोटो फिचरसहित)

घरबार बेचेर, जागिर छाडेर दुनिया घुम्न निस्केको जोडी (फोटो फिचरसहित)


विश्वभर घुम्ने आफ्नो सपना पूरा गर्नका लागि
न्युजिल्याण्डका एक दम्पतीले आफ्नो घर नै बेचेका छन् र
जागिर नै छाडेका छन् । २९ वर्षकी चार्ली स्मिथ र
उनका पार्टनर ३४ वर्षका क्याटेनले डुंगाबाट दुनिया
चहार्ने लक्ष्य लिएका छन् ।
यसअघि कहिल्यैपनि डुंगा तथा सामुद्रिक जहाज
नचढेको यो जोडी गत मे देखि जलयात्रामा
निस्किएको हो । घरबार त्यागेर जर्सीस्थित आफ्नो
घरबाट निस्केको यो जोडीले अहिलेसम्म
भुमध्यसागरको पश्चिमी भाग, फ्रान्स, स्पेन, इटाली,
इल्बा, क्रोसिस्का, सार्डिनिया तथा ब्यालेरिक
टापु लगायतको भ्रमण गरिसकेको छ ।
यो जोडीले अहिलेसम्म बिहे भने गरिसकेको छैन अर्थात्
लोग्नेस्वास्नी भैसकेका छैनन् । उनीहरु आफ्नो बिहेलाई
समेत थाँती राखेर नयाँ जिन्दगी सुरु गर्ने फैसला गरे ।
डुंगा तथा जहाजबाट उनीहरुले समुद्रको यात्रा
गरिरहेका छन् अनि किनारामा निस्केर सहर पनि
घुम्छन् । फुर्सदको समयमा किताब पढ्ने तथा गित सुन्ने
गर्छन् । खानपिनमा पूरै ध्यान दिएका छन् र सँगै एउटा
सानो किचेन नै बोकेर हिँड्छन् ।
आफुले घण्टौँसम्म लगातार डुंगा चलाउन सक्ने क्याप्टेन
बताउँछन् । उनी पहिले एक आर्किटेक्ट डिजाइनर थिए ।
जबकी चार्ली मौसम विभागमा काम गर्थिन् ।
यो जोडीको रोमान्चक यात्राका केही दृश्यहरु

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved