पूर्वी ब्राजिलस्थित अमेजन नदी किनाराको घना
जंगलको निकै भित्र दुनियाको सबैभन्दा संकटापन्न
आदिवासी समुदाय बस्दछ । इतिहासमा युरोपेली
उपनिवेशवादीहरु तथा तस्करहरुको चपेटामा परेको यो
आवा आदिवासी समुदाय लोप हुने संघारमा पुगेको छ ।
पाँच सय वर्षअघिसम्म हजारौँको संख्यामा रहेको यो
आदिवासीको जनसंख्या अहिले जम्मा तीन सय मात्र
छ ।
अस्तित्व मेटिने चरणमा पुगिसकेको भएपनि अझैपनि यो
आदिवासी समुदाय आफ्नो प्यारो जंगल घरसँग पूरै
मिलापमा बाँचिरहेको छ ।
आवा आदिवासीहरु वन तथा वन्यजन्तुलाई निकै प्रेम
गर्छन् । उनीहरुले घरमा धेरै किसिमका जंगली जनावरहरु
पालेका हुन्छन् । अझ अनौठो त के भने जंगलबाट
पाल्नका लागि ल्याएका त्यस्ता जंगली
जनावरहरुलाई हुर्काउनका लागि महिलाहरुले आफ्नो
दुध चुसाउँछन् ।
लोप हुने संघारमा पुगेको यो समुदायको संरक्षणका
लागि ब्राजिलले ठूलो प्रयत्न गरेको छ । उनीहरुलाई
सुरक्षित राखिएको छ र बाहिरी आधुनिक संसारबाट
टाढै राखिएको छ । मानिसहरुलाई अवा आदिवासी
बस्ने भित्री जंगलमा जान पनि कडाइ गरिएको छ ।
फोटोग्राफर डोमिनिको पग्लिसले भने उक्त
आदिवासी समुदायसम्म पुगेर उनीहरुसँग पर्याप्त समय
बिताउने मौका पाएका छन् । अनि उक्त आदिवासी
समुदायका अनौठा जिवनशैलीलाई क्यामरामा कैद
गरेका छन् ।

0 comments:
Post a Comment