सुनसरी, मंसिर २१ । महिला हिंसा विरुद्धको १६ दिने अभियान
चलिरहेका बेला सुनसरीको सुनापुर गाविसबाट घरबाट
निकालिएकी एक महिलाले धरानको सडकमा सोमबार छोरा
जन्माएकी छिन् ।
सोमबार विहान वडा प्रहरी कार्यालय अगाडिको सडकमा
सोनापुरकी समिरा देवीले सडकमा सुत्केरी भएर छोरा जन्माएपछि
स्थानीय महिला र धरान प्रहरीले उनको उद्धार गरी
बिपी प्रतिष्ठान धरानमा उपचारका लागि भर्ना गरिएको छ ।
श्रीमान र घरका अन्य सदस्यले हेला गरेपछि घरबाट निकालिएको
पिडित महिलाले बताएकी छिन् ।
सडकमा अलपत्र अवस्थामा नवजात शिसु सहित रहेकी समिरा
देबीलाई स्थानिय महिलाले कपडा दिएर बच्चाको हेराचाह गरी
प्रतिष्ठान भर्ना गरेका छन् ।
घरबाट निकालिएर सडकमा सुत्केरी भएकी समिराको वारेमा
प्रहरीले अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय धरानका
डिएसपी सुदम कुमार सिजापतीले जानकारी दिए ।
Home »
Nepali News
» घरबाट निकालिएकी महिलाले सडकमै
जन्माइन् छोरा(भिडियो हेर्नुहोस्)
घरबाट निकालिएकी महिलाले सडकमै जन्माइन् छोरा(भिडियो हेर्नुहोस्)
Posted by Unknown
Posted on 9:12 PM
with No comments
Labels:
Nepali News

0 comments:
Post a Comment