काठमाण्डु, १९ मंसिर– विजयकुमार गच्छदार नेतृत्वको
फोरम लोकतान्त्रिकले सत्तारुढ एमाले र एकीृकत
माओवादी तथा प्रमुख विपक्षी काँग्रेस आठ प्रदेशमा
सहमत नभए सरकार छाड्ने चेतावनी दिएको छ ।
ललितपुरमा शुक्रबार बसेको फोरम लोकतान्त्रिकको
राजनीतिक समिति बैठकले आठ प्रदेश नभए सरकार छाड्ने
निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उक्त पार्टीका
अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारले आफ्नो
पार्टी ससर्त सरकारमा सहभागी भएको भन्दै आठ प्रदेश
नभए सरकारबाट बाहिरिने चेतावनी दिए ।
‘मधेस आन्दोलनको सम्बोधन गर्न पनि आठ प्रदेशमा नगई
हुँदैन’, गच्छदारले भने, ‘हामी ससर्त सरकारमा सहभागी
भएका हौं, आठ प्रदेश नभए सरकारबाट बाहिरिन्छौं ।’
जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण र
समावेशी समानुपातिक प्रतिनिधित्व सुनिश्चितताका
गर्नेबारे दलहरुबीच विवाद नरहे पनि सिमांकन हेरफेर
गर्नुको विकल्प नरहेको निष्कर्ष आफूहरुले निकालेको पनि
गच्छदारले बताए ।
Home »
Nepali News
» गच्छदारले गरे केपी ओलीलाई टेन्सन दिने निर्णय
गच्छदारले गरे केपी ओलीलाई टेन्सन दिने निर्णय
Posted by Unknown
Posted on 3:45 PM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment