Home » » आफु बरु बर्दी त्याग्न तयार तर पैसा र पावर बाट नझुक्ने : एसएसपी थापा

आफु बरु बर्दी त्याग्न तयार तर पैसा र पावर बाट नझुक्ने : एसएसपी थापा


कानुनको नजरमा सबै समान भने
पनि वास्तविकता भने अर्कै छ ।
कानुनको कार्यान्वयन गर्ने
निकायका कतिपय अधिकारीहरु
व्यक्तिको पृष्ठभुमिका आधारमा
सजायको निर्धारण गर्ने गर्छन् ।
पैसा र पावरका आधारमा
प्रतिष्ठाको मापन हुने यो
समाजमा कानुनको व्याख्या र
प्रयोगको अवस्था पनि उस्तै छ ।
कयौँ नेता तथा प्रशासकहरु
व्यापारीको पैसा चन्दा लिएर
भोगविलास गरेका घटनाहरु ताजै
छन् । कालो धन्दाको संरक्षक बन्ने
प्रतिबद्धता जनाएर पैसा असुल्ने
कतिपय नेता तथा प्रशासकहरुबाट
व्यापारिको अनैतिक धन्दा उपर
कारवाहीको के आश गर्नु ?
यस्तोमा काठमाडौं प्रहरी प्रमुख
एसएसपी विक्रमसिंह थापाले एक
कथित प्रतिष्ठित घराना के एल
दुगडको कालोबजारी
सार्वजनिक गरेपछि धेरै झस्किएका
छन् । उनले आफु बरु बर्दी त्याग्न
तयार भएको तर बद्माशसँग
सम्झौता नगर्ने बाचा गरेका छन् ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved