Home » » कोरियाले २०१६ मा ५८ हजार कामदार भित्र्याउने

कोरियाले २०१६ मा ५८ हजार कामदार भित्र्याउने

सोल : दक्षिण कोरियाले सन् २०१६ का लागि ५८
हजार बिदेशी कामदार भित्र्याउने भएको छ ।
कोरियाको प्रवासी मजदुर कोटा निर्धारण
समितिले सन् २०१६ का लागि उत्पादन, कृषि,
मत्स्यपालन, निर्माण र सेवा क्षेत्रका लागि ५८ हजार
कोटा निर्धारण गरेपछि ठूलो संख्यामा विदेशी
कामदारका लागि कोरियामा रोजगारीको
ढोका खुलेको हो ।
निर्धारित ५८ हजार मध्येबाट दुई हजार कामदार भने
कम्पनीको बढी माग भएको खण्डमा मात्रै ल्याइनेछ ।
आगामी वर्षको प्रवासी मजदुरको कुल कोटा
मध्येबाट ४६ हजार नयाँ कामदारहरुको लागि
तोकिएको छ । १२ हजार सिबिटीमार्फत
फर्कनेहरुका लागि छुट्याइएको हो ।
नयाँ कामदारहरुमा ३३ हजार दुई सय उत्पादन क्षेत्रका
लागि छुट्याइएको छ । कृषिक्षेत्रमा पाँच हजार नौ
सय, मत्स्यपालनमा दुई हजार तीन सय ६०, निर्माण
क्षेत्रमा दुई हजार चार सय ५० र सेवाक्षेत्रमा ९०
जनाले रोजगारीका लागि कोरिया प्रवेश पाउने छन्

२०१६ जनवरीदेखि मार्चसम्ममा उत्पादन क्षेत्रमा नौ
हजार नौ सय ६०, कृषिक्षेत्रमा तीन हजार पाँच सय
४०, मत्स्यपालनमा एक हजार चार सय २०,
निर्माणक्षेत्रमा एक हजार चार सय ७० र
सेवाक्षेत्रमा ९० जना कामदार कोरिया ल्याइने
कोटा निर्धारण समितिले जनाएको छ ।
अप्रिल महिनादेखि जुन महिनासम्ममा उत्पादन
क्षेत्रमा मात्र नौ हजार नौ सय ६० जना छुट्याइएको
छ ।
त्यस्तै गरि जुलाईदेखि सेप्टेम्बरसम्मका लागि उत्पादन
क्षेत्रमा छ हजार छ सय ४० जना, कृषिक्षेत्रमा दुई
हजार तीन सय ६०, मत्स्यपालनमा नौ सय ४०,
निर्माणक्षेत्रमा नौ सय ८९ जना निर्धारण गरिएको
छ ।
२०१६ को अन्तिम तीन महिनाका लागि उत्पादन
क्षेत्रमा छ हजार छ सय ४० संख्या छुट्याइएको छ ।
थप गरिएको दुई हजार कामदार वर्षका अन्तिम तीन
महिनाको अवधिमा भित्र्याइने छ । साना तथा
मझौला कम्पनीहरुमार्फत कामदारहरुको माग बढी
भएको अवस्थामा मात्रै थप गरिएका कामदार
भित्र्याउने निर्धारण समितिले स्पष्ट पारेको छ ।
सिबिटीमार्फत आउनेका लागि तोकिएको १२ हजार
मध्येबाट उत्पादनक्षेत्रमा ११ हजार, कृषिक्षेत्रमा सात
सय, मत्स्यपालनमा दुई सय ४०, निर्माणक्षेत्रमा ५० र
सेवाक्षेत्रका लागि १० जना छुट्याइएको छ ।
सिबिटीका लागि छुट्याइएको १२ हजारलाई कुन्
महिनामा कति संख्या ल्याइने भने उल्लेख गरिएको छैन

कोटा निर्धारण समितिले २०१६ मा ३७ हजार पाँच
सय ९३ जना अवधि सकिएर फिर्ता हुने जनाएको छ ।
१० हजार विभिन्न कारणले आफ्नो देश फिर्ता हुने
मजदुरको सट्टामा र १० हजार एक सय ७७ जना
कम्पनीको नयाँ थप मागपूर्ति गर्न ल्याइने जनाएइको
छ ।
२०१६ देखि कोरियाले इपिएसमार्फत लाओस बाट
पनि प्रवासी मजदुर ल्याउने निर्णय गरेको छ ।
इपिएस लागू भएको कोरिया १६ औँ देश हो ।
सेवा, मत्स्यपालन र निर्माणक्षेत्रमा नेपाली
कामदारलाई कार्य अनुमति दिइएको छैन । सन २०१६
का लागि गत वर्ष भन्दा तीन हजार बढी कामदार
भित्र्याइने छ ।
२०१६ का लागि निर्धारण गरिएको कोटाबाट
इपिएस लागू भएका देशहरुले प्राप्त गर्ने संख्या भने
तोकिएको छैन।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved