सुर्खेत, ४ पुस । बालिका बिहे गरेको आरोपमा
प्रहरीले सुर्खेतमा बेहुलासहित तीनजनालाई पक्राउ
गरेको छ ।
वीरेन्द्रनगरस्थित कोलडाँडाका एक युवकले बालिका
विवाह गरेपछि प्रहरीले बेहुलासहित तीनजनालाई
पक्राउ गरेको हो । केटीको उमेर नपुग्दै विवाह गरेकाले
उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको
अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
जिल्ला बाल कल्याण समितिले उजुरी दिएपछि
प्रहरीले बेहुला तेजबहादुर सुनार, उनकी आमा सरस्वती
सुनार र बालिकाकी सानीआमा गीता जोशीलाई
पक्राउ गरेको हो ।
बेहुलाका बावु लीलाराम सुनार भने फरार रहेको
प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको
प्रहरीको भनाई छ । मंसिर २८ गते विवाह भएपनि
प्रहरीले उनीहरुलाई बुधवार घरबाटै पक्राउ गरेको
जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
उक्त विवाहका लागि अभिभावकको मञ्जुरी भए
पनि केटीको उमेर १५ वर्ष मात्र भएकाले आफूहरुले
प्रहरीमा उजुरी दिएको जिल्ला बाल कल्याण
समितिले जनाएको छ ।
जिल्ला बाल अधिकार अधिकृत रमा भण्डारीले
केटीको विवाह गर्ने उमेर नपुगेको र विवाहका लागि
अभिभावकहरु समेत संलग्न रहेकाले उनीहरुविरुद्ध उजुरी
दिएको बताइन् ।
कानुन् अनुसार केटा र केटीको विवाह गर्ने उमेर २० वर्ष
पुगेको हुनुपर्दछ । तर अभिभावकहरुको मञ्जुरी भएमा भने
१८ वर्ष पुगेको हुनुपर्ने उल्लेख छ । बेहुला तेजबहादुरको उमेर
१९ वर्ष पुगको भएपनि केटीको उमेर नपुगेकाले
उनीहरुलाई बालविवाह गरेको आरोपमा पक्राउ गर्न
लगाइएको भण्डारीले बताइन् ।
बाल कल्याण समितिले उजुरी दिएपछि प्रहरीले
उनीहरुलाई पक्राउ गरेर हिरासतमा राखेको छ । यस्तै
अदालतबाट समेत म्याद थप गरिएको प्रहरीले
जानकारी दिएको छ ।
Home »
Nepali News
» १९ वर्षे बेहुला गिरफ्तार, बावु भने
फरार
१९ वर्षे बेहुला गिरफ्तार, बावु भने फरार
Posted by Unknown
Posted on 6:15 PM
with No comments
Labels:
Nepali News

0 comments:
Post a Comment