काठमाडौं, मंसिर १९ । नेपाली कांग्रेसकावरिष्ठ नेता शेरबहादुर देउवाले दशगजाकोधर्ना छाडेर वार्तामा आउन मधेसी दलहरुलाईआग्रह गरेका छन् ।नेपाली कांग्रेस केन्द्रीय पर्यटन विभागकोप्रथम राष्ट्रिय भेलाको शनिबारराजधानीमा उद्घाटन गर्दै वरिष्ठ नेतादेउवाले दशगजाको धर्नाले निकास नदिने भन्दैचाँडो वार्तामा बस्न मधेसी दलहरुलाई आग्रहगरेका हुन् ।उनले बन्द, धर्ना र नाकाबन्दीले नेपालीलाई नैअप्ठ्यारो परेको भन्दै वार्तामा नआए मधेसीदललाई नै घाटा हुने चेतावनी दिए ।नाकाबन्दीका कारण जनताले दुःखपाउँदासमेत सरकार मुकदर्शक भएको भन्दै उनलेवार्ता र संवादका लागि सरकार लचिलोहुनुपर्नेमा जोड दिए ।वरिष्ठ नेता देउवाले नेपालको आर्थिकक्षेत्रको मेरुदन्डको रुपमा रहेको पर्यटन उद्योगधरासायी भएको भन्दै पार्टीबाट माथि उठेरपर्यटन क्षेत्रको विकासका लागि एकजुट हुनव्यवसायीहरुलाई आह्वान गरे ।उनले लामो समयदेखिको नाकाबन्दीले पर्यटनक्षेत्र प्रभावित भइरहेको भन्दै यसकोविकासका लागि सबै एकजुट हुनुपर्ने बताए ।नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलेसंविधान संशोधनबाट मात्र मुलुकले निकासपाउने बताए ।उनले ‘भारतीय नाकाबन्दीभन्दा सरकारलेसंविधान संशोधनमा गरेको नाकाबन्दीमुलुकका लागि खतरा’ भएको बताए ।मधेसलाई भारतीय आँखाले हेर्नु बिडम्बना हुनेउनको भनाइ थियो ।कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीयसदस्य तथा पर्यटन विभाग संयोजककिशोरसिंह राठौरले पर्यटनको माध्यमबाटमात्र मुलुकको आर्थिक क्रान्ति सम्भव हुनेमाजोड दिए ।
Home »
Nepali News
» दशगजाको धर्ना छाडेर वार्तामा आउनोस् : देउवा
दशगजाको धर्ना छाडेर वार्तामा आउनोस् : देउवा
Posted by Unknown
Posted on 12:12 AM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment