सर्लाही–सर्लाहीको पूर्वपश्चिम राजमार्ग भन्दा केही दक्षिण नवलपुरमा मधेसी मोर्चाले गरेको अामसभामा गोली
चलेको छ। गाेली लागेर ४ जना माेर्चा कार्यकर्ता घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि सर्लाही जिल्ला
अस्पताल मलंगवा पुर्याइएको छ।
गोली चलेपछि प्रदर्शनकारीबीच भागाभाग भएको थियो। सर्लाहीका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले
स्थितिलाई नियन्त्रणमा लिन केही राउण्ड प्लास्टिकको गोली चलाएको जनाए। 'सुरक्षाकर्मीबाहेक थप गोली चेलेको
सुचना आएको छ,' उनले भने।
विरोधसभालाई सम्बोधन गर्न सर्लाही पुगेका सद्भावना अध्यक्ष राजेन्द्र महतोले भने विरोधसभमा सम्बोधन गर्न आफ्नो
नाम लिएपपछि प्रशासनले गोली चलाएको दाबी गरे। उनले भने,'मञ्चमा सम्बोधन गर्न मलाई बोलाउनासाथ प्रशासनले
गोली चलायो। गोलीबाट मोर्चाका धेरै कार्यकर्ता घाइते भएका छन्।'
यसअघि मोर्चाले राजमार्गमा नै विरोध सभा गर्ने तयारी गरेको थियो। चुरेभावर राष्ट्रिय पार्टीले राजमार्ग अवरुद्ध
नगर्न चेतावनी दिएपछि मोर्चाले नवलपुरमा विरोध सभामा सारेको थियो।
सभामा सहभागी हुन आएका मोर्चाका कार्यकर्ताले सभास्थलबाट बिद्रोह गरेर राजमार्गमा घेरा हाल्न गएका थिए।
करिब दुई घण्टासम्म राजमार्ग अबरुद्ध गरी सभा गर्दैगर्दा गोली चलेको हो। गोली चलेपछि मोर्चाका कार्यकर्ता
तितरबितर भएका छन्। सो स्थानमा अहिले चुरेभावरका कार्यकर्ताले कब्जा गरेर प्रदर्शन गरिरहेका छन्।
Home »
Nepali News
» माेर्चाकाे आमसभामा गाेली चल्यो
माेर्चाकाे आमसभामा गाेली चल्यो
Posted by Unknown
Posted on 3:34 AM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment