Home » » ट्रम्पलाई साउदी राजकुमारको जवाफःअमेरिकनका लागि कलंक हौं, राष्ट्रपतिको दौडबाट हट...

ट्रम्पलाई साउदी राजकुमारको जवाफःअमेरिकनका लागि कलंक हौं, राष्ट्रपतिको दौडबाट हट...


२६ मंसिर, काठमाडौं । मुसलमान विरोधी बयानका
कारण चर्का आलोचना खेपिरहेका रिपब्लिकन नेता
डोनाल्ड ट्रम्पलाई साउदीका राजकुमारले कडा जवाफ
दिएका छन् ।
अमेरिकी राष्ट्रपतिका लागि रिपब्लिकनको
उम्मेदवार बन्ने होडमा रहेका ट्रम्पले हालै मात्र
मुलसमानहरुलाई अमेरिका प्रवेशमा रोक्नु पर्ने बताएका
थिए ।
जसको चर्को आलोचना भएको छ । साउदीका
राजकुमार एवं अर्बपति अलवालीद बिन तलालले ट्वीट
गर्दै ट्रम्पलाई अमेरिकाकै लागि कलंकको संज्ञा दिएका
छन् ।
उनले लेखेका छन्-तिमी जीओपी (रिपब्लिकन
पार्टी)का लागि मात्र होइन, सबै अमेरिकनका लागि
कलंक हो । राष्ट्रपति पदको दौडबाट हट । तिमिले
कहिल्यै जित्ने छैनौ ।’
राउदीका राजकुमारको टिप्पणीको ट्रम्पले पनि
जवाफ दिएका छन् । उनले साउदीका राजकुमारले
आफ्नो बाबुको पैसाले अमेरिकी राजनेताहरुलाई
नियन्त्रण गर्न चाहेको भन्दै भनेका छन्-जब म
(राष्ट्रपति) निर्वाचित हुनेछ, यो चल्ने छैन ।’

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved