Home » » बिरामी महिलासँग अश्लील हर्कत गरेपछि डाक्टर पक्राउ

बिरामी महिलासँग अश्लील हर्कत गरेपछि डाक्टर पक्राउ

भीमदत्तनगर– अस्पतालमा दाँत जँचाउन आएकी
महिलामाथि अश्लील हर्कत गरेपछि एक चिकित्सक पक्राउ
परेका छन् ।
कञ्चनपुरको भीमदत्तनगरस्थित श्रीराम डेन्टल हस्पिटल
प्रालिका चिकित्सक डा कमलकिशोर राजले दाँतको
उपचार गर्न आएकी महिलासँग अश्लिल क्रियाक्लाप गर्न
खोजेको पीडितको आरोप छ ।
शनिवार बिहान भीमदत्तनगरको गल्ली नं २ मा रहेको
हस्पिटलमा दाँतको उपचार गर्न आएकी बदेकोट
नगरपालिकी महिलालाई हस्पिटलका सञ्चालक समेत
रहेका डा राजले त्यस्तो व्यवहार गरेका हुन् । दाँत जाँच्ने
क्रममा आफूमाथि अश्लील व्यवहार भएको ती महिलाले
बताइन् ।
डा राजलाई अहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको
हिरासतमा राखिएको छ । आफूले त्यस्ते क्रियाक्लाप गर्न
गर्न नखोजेको तर दाँतको जाँच गर्दा ढिलाइ भएको डा
राजले बताएका छन् । रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved