Home » , » यसकारण गर्नुहुन्न ३० बर्ष भन्दा ढिलो बिवाह....

यसकारण गर्नुहुन्न ३० बर्ष भन्दा ढिलो बिवाह....

नेपालमा पनि ढिला बिवाह गर्ने परम्पराको विकाशभइसकेको छ । ढिला बिवाह गर्दा धेरै कुराहरु राम्रो हुनेभएपनि केही कुराहरुमा भने असर पार्ने तथ्यले देखाएको छ ।हालै सार्वजनिक गरिएको एक नयाँ अध्ययनका अनुसार ३०वर्षपछि आमा बन्ने महिलाद्वारा जन्माइएको छोरीहरुमायुवावस्थामा डिप्रेशन हुनसक्ने सम्भावना औल्याएको छ ।युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियाका वैज्ञानिक र मुख्यलेखिका जेसिका टीयर्न भन्छिन्, ‘युवा अवस्थामामहिलालाई डिप्रेसन र तनाव हुन्छ भने त्यसको महत्वपूर्णकारण उनीहरुको जन्मसँग जोडिएको हुन्छ । उनीहरु जन्मँदाआमाको उमेर तीस कटेको छ भने यस्तो समस्या हुने प्रवलसम्भावना हुन्छ ।’यो अध्ययनका लागि शोधार्थीहरुले वेस्टर्न अस्ट्रेलियाप्रेग्नेन्सी कोहर्टको अध्ययनको तथ्यांकलाई विश्लेषण गरेकाथिए । उक्त अध्ययनमा १९८९ देखि १९९१ को बीचमा गर्भवतीभएका महिलाहरुलाई सहभागी गराइएको थियो ।उनीहरुको मनोवैज्ञानिक र जनसांख्यिक जानकारी पनिसंकलन गरिएको थियो । उक्त तथ्यांकलाई पछिल्लो २३वर्षमा विभिन्न उमेरको क्रममा उनीहरुको छोरीको मनोवैज्ञानिक मूल्यांकन गरिएको थियो ।शोधार्थीहरु ती महिलाहरुको एक हजार दुई सय छोरीहरुले २० वर्षसम्मको उमेरमा डिप्रेशन र तनावको विभिन्न लक्षणहरुको अध्ययन गरे रउनीहरु जन्मँदा उनीहरुको बाबुआमाको उमेरको तुलना पनि गरे । छोरी जन्माउने बेला जुन आमाको उमेर ३० देखि ३४ वर्षको बीच थियो, उनकोछोरीमा ३० वर्षभन्दा कम आयुमा सन्तान जन्माउने आमाको छोरीको तुलनामा धेरै तनाव हुने गरेको भेटिएको थियो । त्यसरी नै २० वर्षभन्दाकम उमेरमा जन्म दिने ५ प्रतिशत महिलाको उनीहरुका छोरीमाथि कुनै प्रभाव देखिएन । श्राेतः विभिन्न अनलाइन

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved