Home » » नेपालमा रहेका भारतीय बोर्डका विद्यालय खारेज हुने

नेपालमा रहेका भारतीय बोर्डका विद्यालय खारेज हुने

काठमाडौं । शिक्षा मन्त्रालयले अनुमतिबेगर नेपालका विभिन्न स्थानमा सञ्चालित भारतीय केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (सिबिएसई)
अन्तर्गतका विद्यालय खारेज गर्ने तयारी गरेको छ । कानुनी प्रक्रियामा आउन बारम्बार आग्रह गर्दा पनि अटेरी गरेपछि यस्ता १४ वटा
विद्यालय खारेज गर्न मन्त्रालयले तयारीलाई मन्त्रालयले अघि बढाएको हो ।
मन्त्रालयकी सहप्रवक्ता सरस्वती पोखरेलका अनुसार नेपालमा विदेशी बोर्डको सम्बन्धनमा कुनै पनि शिक्षालय सञ्चालन गर्न शिक्षा
मन्त्रालयको स्वीकृति अनिवार्य हुन्छ । यसका लागि निश्चित प्रक्रिया र्पुयाई अनुमित लिएर मात्र कक्षा सञ्चालन गर्नुपर्ने हुन्छ । तर,
नेपालमा हाल सिबिएसईका १४ विद्यालयले शिक्षा मन्त्रालयको अनुमति विना नै संचालन भइरहेका छन् ।
‘शिक्षा मन्त्रालयले ती विद्यालयलाई अनुमतिका लागि प्रक्रियामा आउन पटकपटक आह्वान गरे पनि उनीहरु अटेर गरे,’ सहप्रवक्ता पोखरेलले भने,
‘अब मन्त्रालयले गैरकानुनी रुपमा सञ्चालित त्यस्ता विदेशी विद्यालयको सम्बन्धन खारेजीसम्मको कारबाही अघि बढाएको छ ।’ आजको
नागरिकमा समाचार छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved