Home » » आफ्नो एयरपोर्ट र बन्दरगाह नेपाललाई दिने बंगलादेशको प्रस्तावमा के गर्ने ओली ज्यु ? सधैं हेरेरै बस्ने कि अब केही नयाँ काम गर्ने ?

आफ्नो एयरपोर्ट र बन्दरगाह नेपाललाई दिने बंगलादेशको प्रस्तावमा के गर्ने ओली ज्यु ? सधैं हेरेरै बस्ने कि अब केही नयाँ काम गर्ने ?

काठमाडौं । नेपाल यतीबेला इन्धन संकटको चपेटामा परिरहेको छ । छिमेकी मुलुक भारतले लगाएको अघोषित नाकाबन्दीको मारमा आम
नेपाली परेका छन् ।
यस्तो बेला नेपाल सरकारले कुटनीतिक पहल पनि गर्न नसक्ने र अर्को छिमेकी चीनबाट पनि इन्धन ल्याउन नसक्दा जनता महंगीको मारमा परेका
छन् ।
यस्तो बेला नेपालको पुवी नाका भन्दा २७ किलोमिटर पर रहेको आफ्नो बन्दरगाह र बिमानस्थल प्रयोगकालागि सहयोग गर्ने प्रस्ताव गरेको छ

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले नेपाललाई तेस्रो मुलुकबाट आयात गर्नकालागि सहयोग पुने भएकाले आफ्ना विमानस्थल र बन्दरगाह
प्रयोग गर्न दिने बताएकी छिन् ।
त्यसको पुष्टि नेपालकालागि बंगालादेशी राजदुतले पनि गरेकी छिन् । आइतबार मात्रै नेपाली राजदुत हरिकुमार श्रेष्ठसँगको भेटमा हसिनाल
सयदपुर विमानस्थल तथा चटगाउँ र मोङ्ला बन्दरगाहमार्फत व्यापार गर्न नेपाललाई सहयोग गर्ने बचन दिएकी थिइन् ।
बंगलादेशकी प्रधानमन्त्रीले नेपालको नयाँ सरकारको स्वागत गरेको पनि उनकी प्रेस सेक्रेटरी इन्सानुल करिमले जारी गरेको विज्ञप्तीमा उल्लेख
थियो ।
भारतको निर्दयी नाकाबन्दीको सामना गरेको नेपालले कुटनीतिक पहल गर्ने हो भने बंगलादेशले तेस्रो मुलुबाट इन्धन लगायतका सामग्री ल्याउन
सहयोग गर्ने प्रष्ट पारिरहदा सरकारले भने पहल गरेको छैन ।
बंगलादेश पनि इन्धन आयात गर्ने र रिफाइनरी मार्फत् उपभोग्य बनाउने देश हो । ग्यासमा भने बंगलादेश केही आत्मनिर्भर रहेको छ । तर, उस्ले
नेपाललाई बेच्नसक्ने अवस्था भने छैन ।
यद्यपी नेपाल सरकारले कुटनीतिक पहल गरे आयात परिणाम बढाउन आफु तयार रहेको र नेपाललाई दिन चाहेको बताएको छ ।
बंगलादेशले यस अघि भारतले भन्दा बढी रकम तिरेर नेपालको विजुली किन्ने प्रस्ताव पनि गरिसकेको छ । बंगलादेशमा नेपालले उत्पादन गरे ५ हजार
मेगावाटसम्म विजुली लानसक्ने हसिनाले यस अघिनै बताएकी थिइन् ।
तर, नेपाल सरकारले प्रष्ट नीति बनाउन नसक्दा फेरि पनि भारतकै घुमाइमा रमाउँदै आएको छ । बंगलादेशसँग विजुलीमा लगानी माग्ने र उस्ले
भित्राउने इन्धनमा परिणाम बढाएर नेपालमा पनि ल्याउने र उस्ले भनेअनुसार विमानस्थल र बन्दरगाह प्रयोग गर्नेहो भने नेपाललाई सहज हुने छ ।
तर, भारतीय प्रभावमा परेको नेपालको कर्मचारीतन्त्र र अलमलमा परेको सरकारले यस तर्फ ध्यान दिने अवस्था देखिएको छैन ।
यदि बंगलादेशसँग दिर्घकालिन उर्जा सम्झौता र बन्दरगाह सम्झौता गर्ने हो भने नेपाल र बंगलादेश दुबैलाई फाइदा हुनेथियो ।source:-nepalsandesh.com

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved