Home » » मोदीको कठोर आलोचना पछि यो विषयमा बोल्न नै प्रतिबन्ध लगाइयो

मोदीको कठोर आलोचना पछि यो विषयमा बोल्न नै प्रतिबन्ध लगाइयो


१४ मंसिर, एजेन्सी ।
नेपालमाथि भारतले लगाएको नाकाबन्दीपछि भारतमा पनि यो विषयले उच्च महत्व पाएको छ ।
नेपालमा भारत विरोधी भावना बढेको भन्दै भारतीय सांसदहरुले मोदी सरकारको आलोचना गर्न थालेपछि संसदमा यो
विषयको छलफलमा नै प्रतिबन्ध लगाइएको छ ।
सोमबार हिँउदे अधिवेशनको शुरुमै लोकसभामा सरकारमाथि आक्रामकरुपमा प्रस्तुत भएको भारतीय कांग्रेसले मोदी
सरकारको आलोचना गर्न नेपालको विषयलाई समेत मसला बनाएको छ । तर लोकसभाका सभामुख सुमिा महाजजनले यो
विषयमा बोल्न नै प्रतिबन्ध लगाएर कार्यसूची अघि बढाएकी थिइन् ।
कांग्रेस मात्र नभएर अन्य साना दलले समेत नेपालको विषयमा कुरा उठाएका छन् । मोदी सरकारले नेपालमा भारत
विरोधी भावना बढाएको भन्दै मोदीको चर्को आलोचना भएको छ ।
आरजेडीका सांसद राजेश राजन, काँग्रेसका सभासद एम भिरप्पा मोइली लगायतले नेपालमा बढेको भारत विरोधी
भावनाबारे बोलेपछि सुमित्राले यो विषयमा बोल्न प्रतिबन्ध लगाएकी हुन् ।
यस अघि नेपाल भारत सीमामा देखिएको असहजता, नेपालमा उत्पन्न मानवीय संकट र मधेस आन्दोलन सहितका विषयमा
भारतमा पहिलो पटक संसदीय समितिको बैठकमा छलफल भएको थियो ।
काग्रेस आईका बरिष्ठ नेता करण सिंहले विदेशमन्त्री शुष्मा स्वराजलाई आफूले स्पष्ट रुपमा नेपालमा किन नाकाबन्दी
गरेको भनि प्रश्न गरेका थिए ।
भारतीय कम्यूनिष्ट पार्टी (माक्र्सबादी) महासचिव सीताराम ऐचुरीले पनि नेपालको पीडामा चुप लागेर बस्न नसक्ने
भन्दै नेपालको मुद्दा संसदमा दह्रो ढंगले उठाउने प्रतिबता ब्यक्त गरेका थिए । उनले नेपालमा जारी समस्या संबादबाटै
तत्काल टुङग्याउन समेत सुझाव दिएका थिए ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved