Home » » मधेसमा म अभिमन्यु बन्नु परेको छः गच्छदार

मधेसमा म अभिमन्यु बन्नु परेको छः गच्छदार


उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात
मन्त्री विजयकुमार गच्छदारले आफू मधेसमा अभिमन्यू
बन्नु परेको बताएका छन्। यातायात व्यवस्था
विभागले लागु गर्न लागेको स्मार्ट सवारी
लाइसेन्सको सोमबार उदघाट्न गर्दै मन्त्री गच्छदारले
भने, ‘६५ प्रतिशत जनताको विश्वास पाएपनि ३५
प्रतिशत तराईवासीको लागी म अभिमन्यु बन्नुपरेको
छ।‘
उनले आफूले संविधान निर्माणको प्रक्रियामा खेलेको
भूमिकालाई जनताले नै मूल्यांकन गरिरहेको बताए।
संविधान निर्माणका लागि भएको १६ बुँदे
सहमतिका हस्ताक्षरकर्ता समेत रहेका गच्छदार अन्तिम
अवस्थामा संविधान निर्माण प्रक्रियाबाट
बाहिरिएका थिए। उनले मधेस अान्दोलनलाई
वार्ताका माध्यमबाट समाधान गर्ने प्रयास भइरहेको
बताए।
संविधानपछि कांग्रेस बाहेकको नयाँ सत्ता समिकरण
बनेपछि गच्छदारको दल मधेसी जनाधिकार फोरम
(लोकतान्त्रिक) सरकारमा सहभागी भएको थियो।
संविधान जारी हुने बेला मधेसका मुद्धा सम्बोधन
नभएको भन्दै प्रक्रियाबाट बाहिरिएका गच्छदारले
सरकारमा गएपछि मधेस आन्दोलनबारे खासै टिप्पणी
गरेका थिएनन्।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved