Home » » भारतको अघोषित नाकाबन्दीबारे अमेरिकालाई जानकारी, के भने ओबामा दूतले ?

भारतको अघोषित नाकाबन्दीबारे अमेरिकालाई जानकारी, के भने ओबामा दूतले ?

काठमाडौं, १४ मंसिर । भारतले लगाएको अघोषित
नाकाबन्दीबारे नेपाल सरकारले अमेरिकालाई
जानकारी गराएको छ ।
नेपालका लागि अमेरिकी राजदूत एवं राष्ट्रपति
बराक ओबामाकी दूत अलाइना बी टेप्लिजलाई
मन्त्रालयमा बोलाएर सोमबार उपप्रधान तथा
रक्षामन्त्री भीम रावलले भारतीय
नाकाबन्दीबारे अमेरिकी सरकारलाई जानकारी
गराउनुभएको हो ।
भेटवार्तामा भारतले नेपालमाथि लगाएको
अधोषित नाकाबन्दी र द्विपक्षीय सहयोगका
विषयमा छलफल भएको थियो ।
अमेरिकी सरकारका तर्फबाट राजदूत टेप्लिजले
पछिल्लो राजनीतिक तथा सामाजिक
विषयबस्तुमाथि चाँसो राखेकी थिईन् । जवाफमा
उपप्रधानमन्त्री रावलले दलहरुबीचको छलफल र
भारतको अघोषित नाकाबन्दीले पारेको
प्रभावबारे जानकारी गराएका हुन् ।
भारततर्फ संकेत गर्दै रावलले नेपाली जनताले
बनाएको संविधानमा छिमेकीले चासो राख्नु र
हस्तक्षेपको नीति लिनु जायज नभएको भन्दै
नाकाबन्दी अन्तर्राष्ट्रिय कानुन विपरित भएको
जानकारी समेत गराए ।
मन्त्री रावलले नाकाबन्दी हटाउने पहल भइरहेको
बताउँदै नाकाबन्दीपछि उत्पन्न परिस्थिती
समाधानमा सहयोग गर्न अमेरिकासँग आग्रह गरे ।
भेटवार्ताका क्रममा राजदूत टेप्लिजले अमेरिका सधै
नेपालको साथमा रहेको र जस्तोसुकै सहयोग गर्न
तयार रहेको बताईन् ।
मन्त्री रावलले आजै कोरियन राजदूतले पनि
भेटवार्ता गरी भारतको नाकाबन्दीबारे
जानकारी गराएको स्वकीय सचिव एकीन्द्र
तिमिल्सिनाले जानकारी दिए ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved