Home » » चलचित्र ‘झोला’ युट्युबमा हालिएपछि पाँच करोड क्षतिपूर्ति माग

चलचित्र ‘झोला’ युट्युबमा हालिएपछि पाँच करोड क्षतिपूर्ति माग


१४ मंसिर-
नेपाली कथानक चलचित्र झोलाको
निर्माण पक्षले अनाधिकृतरुपमा चलसचत्र
युट्युबमा अपलोड भएपछि कानुनी उपचार
खोज्ने भएको छ ।
नेपाली समाजको इतिहास बोकेको
यो झोला चलचित्रलाई कहिल्यै पनि
भिसीडी र युट्युबमार्फत् सार्वजनिक
नगर्ने बताइएपनि एकाएक विभिन्न युट्युब
च्यानलमार्फत् सार्वजनिक भएपछि
निर्माण पक्षले कानुनी उपचारको
बाटो खोज्ने भएको हो ।
विदेश प्रदर्शन तथा प्रचारको लागि
जिम्मा दिईएको माउण्टेन रिभर फिल्मस् प्रालीमार्फत् चलचित्र लिक भएको हुनसक्न् आशंकामा निर्माण पक्षले उ
विरुद्ध महानगरिय प्रहरी परिसर हनुमानढोकामा किटानी जाहेरी दर्ता गराएको छ ।
उक्त कम्पनीलाई उपलब्ध गराईएको फाईलमार्फत् त्यहीँबाट अनाधिकृत प्रयोग भएको हुनसक्ने भन्दै प्रहरीले माउण्टेन रिभर
फिल्मस् प्रालीका सबै सामान नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
चलचित्र प्रदर्शनकै क्रममा रहेका बेला युट्युबमा आएपछि उजुरी गर्नुपरेको र क्षतिपूर्तीबापत् ५ करोड रुपैयाँ माग गरिएको
चलचित्रका निर्देशक यादवकुमार भट्टराईले बताए ।
गतबर्ष केही ठाउँमा प्रदर्शन गरिएको यो चलचित्र नेपालमा पुनः प्रदर्शन गर्ने तयारी गरिएको थियो भने भारत,
अमेरिका, युके लगायतका देशमा समेत प्रदर्शनको तयारी गरिएको थियो ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved