Home » » सस्तो भयो कुखुराको मासु? ३५ प्रतिशतले व्यापारमा कमी

सस्तो भयो कुखुराको मासु? ३५ प्रतिशतले व्यापारमा कमी


भारतको अघोषित नाकाबन्दीका कारण अधिकांश
दैनिक उपभोग्य सामान र पेट्रोलियम पदार्थको मूल्य
आकाशिएको छ। तर कुखुराको मासुको मूल्य भने
स्वात्तै तल झरेको छ। केहि समय अघिसम्म प्रतिकेजी ४
रुपैयाँसम्म कारोबार भएको मासुको मूल्य आाइतबार
भने प्रतिकेजी २ सय ६३ रुपैयाँ कायम भएको भ्याली
कोल्ड स्टोरका सञ्चालक हरिकृष्ण रावलले बताए।
नाकाबन्दीको कारणले अधिकांश होटल तथा रेष्टुरेन्ट
बन्द भएपछि मासु नबिकेको उनको भनाई छ। बजारमा
मासु नबिकेपछि कुखुराको मासुको मूल्य स्वात्तै
घटेको रावलले बताए। कोल्ड स्टोरको व्यवसायमा
समेत नाकाबन्दीको असर देखिएको छ। अहिले
कुखुराको मासुको ब्यापारमा ३५ प्रतिशतले कमि
आएको रावलले जानकारी दिए।
बजारमा ग्यासको अभाव भएपछि विभिन्न घरमा
खपत हुने मासुमा समेत कमि आएको छ । घरायासी
प्रयोजनको लागी मासु खरिद गर्न आउने ग्राहकको
संख्यामा कमि आएको उनले बताए। उनले भने ‘ग्यास
नभएपछि घरमा मासु खानेको संख्यामा ह्वात्तै कमि
आएको छ, कैँयन रेष्टुरेन्ट तथा होटल बन्द भएका छन् भने
सञ्चालमा आएका रेष्टुरेन्टले समेत मेनु घटाएका छन् जसले
गर्दा कुखुराको मासु्को माग घटाएको छ। ’ बजारमा
कुखुराको मासुको मागमा कमि आएपछि यसको
सिधा असर मूल्यमा देखिएको रावलले बताए।
अहिले कुखु्रा व्यवसायीहरुले किसानबाट जिउँदो
कुखुरा प्रतिकेजी १ सय ९० रुपैयाँमा खरिद गर्दै आएका
छन् । तर बजारमा भने मासुको मूल्य प्रतिकेजी २ सय
६३ रुपैयाँ छ। देशमा दैनिक २ लाख ५० हजार
किलोग्राम मासुको खपत हुने व्यवसायीहरु बताउँछन्।
तराईमा चलेको आन्दोलनको कारण तराईमा
कुखुराको बिक्री हुन नसकेको कुखुरा बिक्रि बितरक
संघका अध्यक्ष जंगबहादुर बिसीले बताए। तराईका
जिल्लामा कुखुराको मासु बिक्री नभएका कारण
पनि कुखुराको मासुको मूल्य घटेको उनले बताए ।
कुखुरा व्यवसायीले अहिले तराईका क्षेत्रमा कुखुरा
पठाउन सकेका छैनन्। उपत्यका लगायत केहि पहाडी
जिल्लामा मात्रै मासु खपत भइरहेका र ग्यास
अभावका कारण यो क्षेत्रमा पनि न्युन मात्रामा
मात्रै मासुको खपत भइरहेको छ।
‘उत्पादनमा अहिले कुनै कमि नआएको तर बजारमा
यसको माग कमि भएपछि मूल्य घटेको हो।’ अध्यक्ष
बिसीले भने। तर दानाको अभावमा अहिले
किसानहरुले चल्ला हुर्काउन सकेका छैनन्। स्टक भएको
कुखुरा बजारमा आएको र न्युन मात्रामा मात्रै
कुखुराको उत्पादन भएका कारण केहि समयपछि भने
बजारमा मासुको अभाव हुन सक्ने अध्यक्ष बिसीको
आँकलन रहेको छ।
नाकाबन्दी लम्बिए केहि समयपछि बजारमा मासुको
अभाव हुने हुँदा राज्यले भारतबाट आयात हुने दानाको
कच्चा पदार्थलाई प्राथमिकतामा राख्नुपर्ने बिसीले
बताए। दानामा प्रयोग हुने मकै अहिले ८० प्रतिशत
भारतबाटै आयात हुन्छ । तोरीको पिना पनि
भारतबाटै आयात गरी नेपालका दाना उद्योगले
दाना तयार गर्ने गरेका छन्।
दाना उद्योगले अहिले कच्चा पदार्थको अभावका
कारण दाना उत्पादन गर्न सकेका छैनन्। जसका कारण
बजारमा दानाको समेत अभाव देखिएको छ।
दानाको अभाव भएसंगै किसानहरुले चल्ला हुर्काउन
सकेका छैनन्।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved