Home » » मोर्चाका कार्यकर्ता र प्रहरीबीच दशगजामा झडप

मोर्चाका कार्यकर्ता र प्रहरीबीच दशगजामा झडप

नेपालगञ्ज, मंसिर १५ । मधेसी मोर्चाका
कार्यकर्ता र प्रहरीबीच गएराति नेपालगञ्ज–
रुपैडिहा सीमा नाकाको दशगजा क्षेत्रमा
झडप भएको छ ।
मोर्चाका कार्यकर्ताले दशगजाबाट
प्रहरीलाई लक्षित गरी पेट्रोल बम र ढुंगामुढा
प्रहार गरेपछि झडप भएको हो । पेट्रोल बम
लागेर एकजना प्रहरी जवान घाइते भएका छन् ।
आन्दोलनकारीतर्फ पनि केही घाइते
भएका छन् । राति ८ बजेदेखि शुरु भएको झडप
१० बजेसम्म चलेको थियो । प्रहरीले दशगजामा
गाडिएको आन्दोलनकारीको टेन्ट कब्जामा
लिने प्रयास गरेपछि झडप भएको हो ।
मोर्चाका कार्यकर्ताले ६ वटा पेट्रोल बम
प्रहरीमाथि प्रहार गरेका थिए ।
आन्दोलनकारीको प्रदर्शन र ढुंगामुढा
नरोकिएपछि भारतीय सुरक्षा बल एसएसबीले
माइकिङ गरेर दशगजामा प्रदर्शन नगर्न र
आफ्नो भूमीबाट हट्न भनेपछि प्रदर्शनकारी
त्यहाँबाट भागेका थिए ।
मोर्चाका कार्यकर्ताहरु आइतबारदेखि
दशगजामै टेन्ट गाडेर बस्दै आएका थिए ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved