Home » » पूर्व युवराज पारस शाहले राजनीतिज्ञ र जनतामाथि उठाए गम्भीर ५ प्रश्न

पूर्व युवराज पारस शाहले राजनीतिज्ञ र जनतामाथि उठाए गम्भीर ५ प्रश्न


मंसिर १४
काठमाडौं – पूर्व युवराज पारस शाहले
हरेक विषयमा सँधै मौन रहने नेपाली
समाजको प्रवृत्तिमाथि प्रश्न
उठाएका छन् । शाहले यस्तो संकटका
बेला पनि नेपालीहरु चुपचाप सहेर
बसिरहेको भन्दै नेपाली समाजको
प्रवृत्तिमाथि प्रश्न गरेका हुन् ।
सामाजिक सञ्जालमा सक्रिय रहने
शाहले आइतबार राती लेखेका छन्,
‘नेपाली समाज किन यस्तो शान्त छ ?
उनीहरुले हाम्रो धर्म खोस्यो, हामी
चुप लागेर ठीकै छ भनेर बस्यौं, किन ?
पछिल्लो तीन महिनामा हामी इन्धन
र ग्यासको अभावमा बसिरहेका छौं
हामीसँग खाना पकाउन दाउरा पनि
छैन, तैपनि हामी ठीकै छ भनिरहेका
छौं, किन ?’
शाहले आफूले कसैलाई भड्काउन नभएर
समाजलाई बुझ्नका लागि यी प्रश्न
गरेको भन्दै स्पष्टिकरण समेत दिएका छन्
। ‘फ्रुट फर थट’ भन्दै चार श्रृंखलामा
पोष्ट गर्दै उनले नेपाली समाजको
बारेमा वर्णन गर्न खोजेका छन् उनी
लेख्छन्, ‘के हामी तिब्बती समाज जस्तै
चेतनाको उच्च तहमा भएर हो कि ?
यही भएर हाम्रो समाजले गौतम बुद्ध
जस्ता व्यक्तित्वलाई न्जम दिएको हो
कि ? हाम्रो जीवनशैली नै यस्तो
होकी ? तर, आज हाम्रो यही शैली
खतरामा छ ।’
उनले ९० को दशकदेखि नै पहिलो
विश्वका देशहरुले नेपाली
जीवनशैलीमाथि प्रयोग गर्न शुरु गरेको
कारण आज नेपाली जीवनशैली खतरा
परेको समेत बताएका छन् ।
‘सन् २०१५ मा आइपुग्दा उक्त प्रयोगहरु
असफल भएका छन् ।’ शाहले नेपाल
भारतको आन्तरिक मामिला भइसकेको
बताउँदै अब नेपालीहरुले आफ्नो मित्र
छान्नुपर्ने पनि सुझाव दिएका छन् ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved