Home » » बन्दरगाह उपलब्ध गराउन बंगलादेश तयार : राजदूत साम्स

बन्दरगाह उपलब्ध गराउन बंगलादेश तयार : राजदूत साम्स

काठमाडौं, मंसिर १४ । नेपालका लागि बंगलादेशकी राजदूत
मास्की बिन्ते साम्सले नेपालले बाहिरबाट इन्धन र ग्यास ल्याए
‘ट्रान्जिट’को रुपमा बन्दरगाह उपलब्ध गराउन बंगलादेश तयार रहेको
बताएकी छन् ।
सोमबार काठमाडौंमा गरिएको साक्षात्कारमा राजदूत साम्सले
नेपाललाई मंगला र चिटगाउँ बन्दरगाह प्रयोग गर्न दिने बताएकी हुन्

उनले नेपालको
संकटबाट आफूहरु जानकार रहेको भए पनि इन्धन र ग्यास बंगलादेशले
उत्पादन गर्न नसक्ने भएकाले बाहिरबाट खरिद गरेर ल्याए बन्दरगाह
प्रयोग गर्न दिन भने आफूहरु तयार रहेको बताइन् ।
राजदूत साम्सले हवाई इन्धनको कारोबारका लागि नेपालले गरेको
आग्रहप्रति आफूहरु सकारात्मक रहेको स्पस्ट पारिन् ।
उनले नेपाली ढुवानी साधनहरु निर्वाधरुपमा बंगलादेश जान पाउने
भएपनि बंगलादेशी ट्रकहरु नेपाल आउन नपाउने भन्दै तत्काल ‘मोटर
भेइकल एग्रिमेन्ट’ गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।
रोहनपुर सिहबाद र राधिकापुरसम्म रेल सेवासमेत रहेकाले त्यहाँबाट
पनि आयात–निर्यातको काम गर्न सकिने उनको भनाइ थियो ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved