Home » » कञ्चनपुरमा दुई भारतीय चोर पक्राउ, लखेटी लखेटी समात्यो प्रहरीले,दशगजा क्षेत्रमा गस्ती गर्दै सशस्त्र प्रहरी

कञ्चनपुरमा दुई भारतीय चोर पक्राउ, लखेटी लखेटी समात्यो प्रहरीले,दशगजा क्षेत्रमा गस्ती गर्दै सशस्त्र प्रहरी


महेन्द्रनगर, १४ मंसिर । कञ्चनपुरमा दुई भारतीय चोर पक्राउ परेका छन् ।
आईतबार बेलुका ७ बजेतिर जिल्लाको दक्षिणी भेग बेलौरी नगरपालिका ९
पौलाहा गाउँबाट बाख्रा चोरी गर्दै गरेको अवस्थामा दुई जना भारतीय
चोरलाई प्रहरीले पक्राउ परेको हो । गाउँलेहरुले चोरी गर्दै रहेको देखेपछि
प्रहरीलाई खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी
निरिक्षक भरत बहादुर चौधरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले भाग्दै गरेको
अवस्थामा उखुबारीबाट दुई जना चोरलाई पक्राउ गरेको प्रहरी निरीक्षक
चौधरीले बताए ।
पक्राउ पर्नेमा पिलिभित जिल्ला तहसिल पुरनपर हजारा बजारघाट २ नम्बर घर
भएका हिरा सिंह र कुलविन्दर उफ्रकाला रहेका छन् । उनीहरु संगै रहेका अर्का
कपिल सिंह भने फरार भएका छन् । बेलौरी नगरपालिका ९ पौलाहा गाउँ नेपाल–
भारतको सीमा नजिकैको गाउँ हो ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved