Home » » बिराटनगरबाट उपेन्द्रले भने- अब आन्दोलन झन् कडा हुन्छ

बिराटनगरबाट उपेन्द्रले भने- अब आन्दोलन झन् कडा हुन्छ


'कोइरालाको संशोधनको विधेयकले मधेसका माग
सम्बोधन हुँदैन्'

मोरङ १४ मंसिर । संघीय समाजवादी फोरम
नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार वार्ताको
लागि गम्भीर नरहेको आरोप लगाउनु भएको छ ।
विराटनगरस्थित आफ्नै निवासमा आज साँझ
संचारकर्मीसंग कुरा गर्दै अध्यक्ष यादवले सरकारले
ठोस प्रस्ताव ल्याउन नसकेकै कारण वार्ता सार्थक
हुन नसकेको बताउनुभयो । यस अगाडी सार्थक
वार्ताका लागि प्रस्ताव प्रस्तुत गर्ने भनिएको
थियो, तर आजको वार्तामा समेत कुनै एजेण्डा
सरकारले ल्याउन नसकेका उहाँको भनाइ थियो ।
अध्यक्ष यादवले जारी मधेश आन्दोलनमा मृत्यु
भएकाहरुको परिवारलाई राहत दिने, घाइतेको
उपचार गर्ने लगायत सरकारले गरेका निर्णय समेत
कार्यान्वयन नभएको बताउनुभयो । अध्यक्ष यादवले
नेपाली काँग्रेसका सभापति शुशील कोइराला
नेतृत्वको सरकारले संसदमा दर्ता गरेको संविधान
संशोधनको विधेयकले मधेशका माग सम्बोधन
गर्न नसक्ने जिकिर समेत गर्नुभयो ।
उहाँले बारम्बार वार्ताको नाटक रचेर सरकारले
मधेशको आन्दोलनलाई मथ्थर बनाउने योजना
सारेपनि अब आन्दोलनलाई थप सशक्त बनाउने दावी
गर्नुभयो । ‘सिमा अवरोधलाई अझै कडाई गरेर
सरकारले आर्थिक असहयोग गछौं’ अध्यक्ष यादवले
भन्नुभयो, अब लिम्बूवान, थारुवान मगरात
लगायतका मोर्चासँग समेत सहमति गरेर कडाई
गर्दैछौं ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved