Home » » नेपाल र भारत सीमा व्यवस्थापन गर्न दुबै देशको संयुक्त टोली गठन

नेपाल र भारत सीमा व्यवस्थापन गर्न दुबै देशको संयुक्त टोली गठन


संयुक्त टोलीले सीमा क्षेत्रको अध्ययन गर्ने

मोरङ, १४ मङ्सिर । झापा, मोरङ र सुनसरीमा पर्ने
नेपाल र भारत सीमाको स्थलगत अध्यन गरी
व्यवस्थापन गर्न दुवै देशका स्थानीय अधिकारीले
संयुक्त टोली निर्माण गरेका छन् ।
विराटनगरमा आज सम्पन्न दुवै देशका स्थानीय
उच्चअधिकारीको बैठकले दुवै देशबाट १५÷१५ जनाको
संयुक्त टोली निर्माण गरी संयुक्त रुपमा परिचालन
भएर झापा, मोरङ र सुनसरी र भारत बिहार
राज्यको किसनगन्ज, अररिया र सुपौल जिल्लाको
सीमाको स्थलगत अध्ययन गरी व्यवस्थापनको काम
गरिने मोरङका प्रजिअ गणेशराज कार्कीले
बताउनुभयो । प्रजिअ कार्कीका अनुसार टोलीले
सीमाको अध्ययन गरी सीमास्तम्भ पुनःनिर्माण
गर्ने, हराएका स्तम्भको खोजी गर्ने, दशगजा क्षेत्र
खाली गराउने र नयाँ नक्सा तयार गर्ने गर्नेछ ।
बैठकमा छ महिनाभित्र सीमा व्यवस्थापन
गरिसक्ने सहमति भएको बिहार राज्य अररिया
जिल्लाका डिए हिमांशु शर्माले बताउनुभयो ।
टोलीमा नेपालतर्फबाट मोरङका प्रजिअ कार्की,
सुनसरीका प्रजिअ रविलाल पन्त, झापाका
प्रजिअ तेजप्रसाद पोखरेलसहित राष्ट्रिय
अनुसन्धान र नापी कार्यालयका अधिकृत
सहभागी हुनुहुन्छ । यसैगरी भारततर्फ बिहार राज्य
अरिरियाका डिएम शर्मा सुपौल जिल्लाका
डिएमएम रामचन्द्रदु, किसानगन्ज जिल्लाका डिएम
रामजी शाह, अररियाका प्रहरी प्रमुख सुधिर
कुमार पोरकिया र चिफ इन्जिनियर
पिदासलगायत १५ जना छन् । रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved