Home » » प्रधानमन्त्री ओलीले भारतीय राजदुतको सात्तो लिएपछि डराउँदै दिल्लीमा खबर

प्रधानमन्त्री ओलीले भारतीय राजदुतको सात्तो लिएपछि डराउँदै दिल्लीमा खबर


सोमबार, १४ मंसिर
काठमाडौ । मधेसीले उठाएको सीमांकनको मागको पक्षमा लविङमा लागेका नेपालकालागि भारतीय राजदुत रञ्जित
रेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सीमांकनको कुरा नगर्न सुझाव दिएका छन ।
स्रोतका अनुसार हिजो भएको भेटवार्तामा प्रधानमन्त्रीले सीमांकनको कुरा अहिले टुङगिन नसक्ने भन्दै अलिहे टुङग्याउन
खोजे तत्कालै लिम्बुवान, खुम्बुवानसहित विभिन्न जातीय राज्यको मागले मुलुकलाई संकटमा पार्ने तर्फ सचेत गराएका
थिए । त्यसैले पनि अहिले सीमांकनको थाति राख्न तर्फ पहल गर्न राजदुतलाई आग्रह गरेका थिए ।
तर रेले भने मधेसको माग संबोधन गर्न केही न केही सीमांकनमा मिलाउनै पर्ने सुझाव दिएका थिए । रेले आफू निकटहरुसँग
प्रधानमन्त्री अझै पनि सीमांकनमा सकारात्मक नभएको बताउन थालेका छन ।
रेले हिजै एकीकृत नेकपा माओवादीका प्रचण्डसँग पनि भेटवार्ता गरेका थिए । भेटमा प्रचण्डले सीमांकनमा केही न केही
संबोधन गर्ने पक्षमा रहेको बताएका थिए ।
रेले काग्रेस सभापति सुशील कोइरालासँग पनि भेटवार्ता गरेका थिए । भेटमा कोइरालाले अहिलेको निकासको
प्रस्थान विन्दु संविधान संसोधन भएकोले तत्काललाई संविधान संसोधन अगाडि बढाउने र त्यसपछि सहमति गर्दै सीमांकन
टुङग्याउँदै जाने बताएका थिए ।
प्रमुख दलका नेताहरुलाई भेटेपछि रेले तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरासँग पनि भेटवार्ता गरेका
थिए । रेले प्रधानमन्त्री ओलीको अडानबारे दिल्लीमा जानकारी गराइसकेको बताइएको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved