Home » » राजधानीमै औषधिको चरम अभाव....

राजधानीमै औषधिको चरम अभाव....


नाकाबन्दीको असर सबैभन्दा बढी अस्पतालमा

भक्तपुर, १५ मङ्सिर । भारतीय नाकाबन्दीका
कारण राजधानीको भक्तपुर जिल्लामा औषधि
चरम अभाव भएको छ । जिल्लामा जटिल रोगदेखि
झाडापखालाको औषधिको समेत चरम अभाव
भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय
भक्तपुरको औषधि भण्डारण कक्षा रित्तिएको छ
भने औषधिको बढ्दो माग भए पनि कार्यालयले
औषधि दिन सकेको छैन ।
“एक त भारतीय नाकाबन्दीका कारण औषधि
आयात ठप्पै भयो” – कार्यालयका भण्डारण
शाखाका प्रमुख यादवप्रसाद मिश्रले भन्नुभयो –
“अर्कोतर्फ कार्यालयले बजेट अभावका कारण
विगत तीन वर्षयता औषधि र स्वास्थ्य परीक्षण
गर्ने सामग्रीसमेत किन्न सकेको छैन, त्यसैले पनि
औषधि अभाव भयो ।”
कार्यालयले जिल्लाको १९ स्वास्थ्य चौकी, दुई
प्राथमिक स्वास्थ्य केन्द्र र तीन नगर जनस्वास्थ्य
केन्द्रलाई औषधि वितरण गर्दै आएको छ । ती
स्वास्थ्य केन्द्रबाट प्रतिमहिना विभिन्न रोगको
करिब ४० देखि ५० हजार ट्याबलेट औषधि माग हुने
गरेकामा अहिले प्रतिमहिना मुस्किलले छ हजार
ट्याबलेट औषधिमात्र वितरण गरिरहेको छ ।
ती केन्द्रलाई सामान्य सिरिन्जदेखि विपी
इक्युपमेन्टलगायतका सामानसमेत दिन सकेको छैन ।
मिश्र भन्नुहुन्छ – “विपी इक्युपमेन्टलगायतका
सामान माग भए पनि दिन सकिएको छैन, कैयाँै वर्ष
पुराना सामानले काम चलाउ भएको छ ।”
जाडोयाममा ज्येष्ठ नागरिकमा बढी समस्या
देखिने श्वासप्रश्वास, दम र अन्यमा समेत देखिने
आँखा, एलर्जी, छाला, ग्यास्ट्रिक,
एन्टिबायोटिक, झाडापखालालगायतका
औषधिको समेत चरम अभाव भएको कार्यालयको
भनाइ छ ।
सरकारले जनस्वास्थ्य कार्यालयमार्फत निःशुल्क
बाँडिदै आएका ७० प्रकारका औषधि र मेडिसिन
(प्राविधिक) सामग्रीसमेत सकिएको छ ।
कार्यालय भण्डारण शाखाकी फर्मासिस्ट
एलिसा भोमीले सामान्य चार प्रकारको औषधि
पनि समय सकिएका औषधि रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो – “विभिन्न ठाउँबाट ल्याएका
औषधि पनि एक महिनासम्म मात्रै डेट भएका छन्,
औषधिको नाममा अब सिटामोल, आइरन चक्की,
बी कम्प्लेक्स र जीवनजल मात्रै पाँच
महिनासम्मलाई पुग्ने छ, अरु औषधि छैन ।” रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved