Home » » त्यस्तो के छ प्रचण्डको प्रतिवेदनमा ? आजदेखि केन्द्रीय समिति बस्दै

त्यस्तो के छ प्रचण्डको प्रतिवेदनमा ? आजदेखि केन्द्रीय समिति बस्दै

काठमाडौं, १५ मंसिर । मुलुकको पछिल्लो
राजनीतिक अवस्था र पार्टीको संगठनलगायतका
विषयमा छलफल गर्न एकीकृत माओवादीको
केन्द्रीय समितिको बैठक बस्दैछ ।
पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा दिउँसो
दुई बजेपछि बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल
‘प्रचण्ड’ले आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्नुहुने
बुझिएको छ ।
दाहालले मुलुकको पछिल्लो राजनीतिक अवस्था,
बाबुराम भट्टराईको पार्टी परित्याग र अन्य
विविध विषयलाई समेटेर राजनीतिक प्रतिवेदन
तयार पार्नुभएको छ ।
सो प्रतिवेदन पेश भएपछि सोहीमाथि केन्द्रीय
सदस्यहरूले टिप्पणी गर्ने एमाओवादीले जनाएको छ
। प्रतिवेदनलाई लिएर केन्द्रीय सदस्यहरूमा
कौतुहलता रहेको छ ।
बाबुराम भट्टराईसहित उहाँको समूहले एमाओवादी
छाडेपछि बैठक बस्न लागेको हो ।
त्यसै गरी बैठकमा मोहन बैद्य नेतृत्वको नेकपा
(क्रान्तिकारी माओवादी)सँगको एकीकरणका
विषयमा पनि छलफल हुने बुझिएको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved