Home » » बालुवाटारमा त्रिपक्षीय बैठकः माधव नेपालले राखे सीमांकन स्थगनको प्रस्ताव

बालुवाटारमा त्रिपक्षीय बैठकः माधव नेपालले राखे सीमांकन स्थगनको प्रस्ताव


काठमाडौं, १४ मंसिर । प्रधानमन्त्री निवास
बालुवाटारमा आज बसेको सत्तारुढ दल, प्रतिपक्षी
कांग्रेस र आन्दोलनर मधेसी मोर्चासहितको
त्रिपक्षीय वार्तामा नयाँ प्रस्ताव आएको छ ।
बैठकमा सत्तारुढ दल नेकपा एमालेका वरिष्ठ नेता
माधवकुमार नेपालले सीमांकन स्थगित गर्न प्रस्ताव
गनुभएको हो । उहाँले सात प्रदेशको अहिलेको
सीमांकन स्थगन गरेर अगाडी जानुपर्ने प्रस्ताव
राख्नुभएको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता
नेपालले भन्नुभयो- मैले त्रिपक्षीय बैठकमा आफ्नो
कुरा राखे । जून नयाँ छ । देशलाई निकास दिने हो
भने सीमांकन स्थगित गर्नुपर्छ भने ।’
सीमांकनको विवाद नेता टुंग्याउन नसक्ने भन्दै नेता
नेपालले अहिलेका सीमांकन स्थगन गरेर नयाँ ढंगले
राजनीतिक र विज्ञको तहबाट टुंगो लगाउनुपर्ने
बताउनुभयो । उहाँले भन्नुभयो– ‘त्यसका विषयमा
संविधान संशोधन गरेर आन्दोलनलाई निकास
दिनुपर्छ भन्ने मेरो प्रस्ताव हो ।’

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved