Home » » भारतीय नाकाबन्दीविरुद्ध मुख खोले पूर्व युवराज पारसले, प्रतिकार उत्रिन आह्वान

भारतीय नाकाबन्दीविरुद्ध मुख खोले पूर्व युवराज पारसले, प्रतिकार उत्रिन आह्वान

काठमाडौं, ४ मंसिर । भारतीय नाकाबन्दीले
नेपालमा देखिएको संकट सहन नसकेर पूर्व युवराज
पारस शाहले मुख खोलेका छन् ।
भारतीय नाकाबन्दीको विरोध गर्दै पारसले तीन
महिनादेखि इन्धन र ग्यास नहुँदासमेत नेपाली
समाज चुप लागेर किन बसेको भनेर प्रश्न गरेका छन् ।
उनले यो प्रश्न गरेर अब नेपाली जनताले
भारतकाविरुद्ध प्रतिकार गर्ने बेला आएको भन्न
खोजेका छन् ।
सामाजिक संजाल फेसबुकबाट आइतबार आफ्नो
अधिकारिक धारणा सार्वजनिक गर्दै उनले नेपाली
समाज तिब्बती समाज जस्तै चेतनाको उपल्लो
स्तरमा पुगिसकेको हो र भन्ने प्रश्न पनि गरेका छन् ।
नेपाललाई हिन्दू राष्ट्रबाट धर्म निरपेक्ष
बनाइएकोमा समेत असन्तुष्टि राख्दै उनले लेखेका छन्-
‘उनीहरुले हाम्रो धर्म खोस्दा पनि हामी चुप
रह्यौँ र ठीकै छ भन्यौँ, किन ?’ उनले अगाडि लेखेका
छन्– ‘तीन महिनादेखि इन्धन र ग्यास नभएर दाउरा
बालेर खाना पकाइरहँदासमेत हामी ठीकै छ
भनिरहेका छौँ, किन ?’
उनले आफूले टिप्पणी गरेर आगोमा घ्यु थप्न नखोजेको
स्पष्ट पार्दै लेखेका छन्- ‘म त मेरो समाजलाई बुझ्ने
कोशिश गरिरहेको छु ।’
उनले अहिले २०१५ मा आइपुग्दा जो जसले
नेपालीहरुको जीवनशैलीमाथि सामाजिक प्रयोग
गर्न खोजे, उनीहरुको नेपालमाथिको प्रयोग
असफल भएको भन्दै भारतको प्रयोग पनि असफल
भएको भन्न खोजेका छन् ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved