काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकार चौथो चरणमा
विस्तार हुने भएको छ । राप्रपाको विवादका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भए
पनि अब केही मन्त्री र राज्यमन्त्री थपिने स्रोतले जनाएको छ । दीपक बोहराले शहरी
विकास मन्त्रालय आफ्नो लागि छुट्याएर राखिएको दाबी गरे पनि ओलीले शहरी
विकास मन्त्री एमालेकै युवा नेता रविन्द्र अधिकारीलाई बनाउन लागेको स्रोतले
जनाएको छ ।
संसद्को विकास समितिको सभापति अधिकारी विकास मामिलामा विज्ञ समेत हुन् ।
उनलाई शहरी विकास मन्त्री बनाउने तयारी भित्रभित्रै भइरहेको स्रोतले जनाएको छ ।
अधिकारीलाई मन्त्री बनाउन वामदेव गौतमले पनि दबाब दिएको बताइन्छ ।
त्यस्तै शहरी विकास राज्यमन्त्री रसुवाका सांसद् जनार्दन ढकाललाई बनाउने चर्चा पनि छ
। ढकाल निर्माण व्यवसायमा समेत रहेकाले शहरी विकासमा उपयुक्त मानिएका छन् । त्यस्तै
एमालेबाट थप कम्तीमा २ राज्यमन्त्री हुनेछन् ।
एमालेले सधैं जित्दै आएको र यसपटक दुवै क्षेत्र जितेका कारण दैलेखलाई राज्यमन्त्री दिँदा
अमरबहादुर थापको नाम अघि सारिएको छ । मुगुका मोहन बानिया पनि राज्यमन्त्रीको
चर्चामा छन् । त्यस्तै महिला र थारुको प्रतिनिधित्व गराउँदै मञ्जु चौधरीलाई
राज्यमन्त्री बनाइने सम्भावना छ । राज्यमन्त्रीमा डोटी २ का प्रेम आले र ताप्लेजुङका
डम्बर तुम्बाहम्फेको पनि चर्चा छ । आजको साँघु साप्ताहिकमा खबर छ ।
Home »
Nepali News
» एमालेबाट फेरि को–को थपिने
भए मन्त्री ?
एमालेबाट फेरि को–को थपिने भए मन्त्री ?
Posted by Unknown
Posted on 8:14 PM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment