काठमाडौं, १४ मंसिर । सदभावना पार्टीका
अध्यक्ष राजेन्द्र महतोले भारतीय अर्ध सुरक्षा बल
एसएसबी नेपाली भूमिमा प्रवेश गरेको विषयमा
नेपाल सरकारले कुटनीतिक रुपमा निकास खोज्नु
पर्ने बताउनुभएको छ ।
नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि
धमलासँग आज (सोमबार) बिहान कुरा गर्दै अध्यक्ष
महतोले भन्नुभयो, ‘भारतीय सुरक्षाकर्मी कहिले
काहीँ नेपाली भूमि आउँछन् । कहिले नेपाली
सुरक्षाकर्मी उता जान्छन् । यो कुरा कुटनीतिक
रुपमा मिलाउनु पर्छ ।’ अध्यक्ष महतोले कुनै समस्या
देखिए त्यसलाई नेपाल र भारतबीच कुटनीतिक
रुपमा समाधान खोजिनुपर्ने उल्लेख गर्नुभयो ।
मधेसीले अधिकार नपाउँदासम्म काठमाडौं फिर्ता
नहुने बताउनुभएका सदभावना पार्टीका अध्यक्ष
महतोले अधिकार माग्दा राष्ट्रघातिको आरोप
लगाएकोमा चिन्ता जनाउनु भयो । ‘मधेसीले
आफ्नो अधिकार माग्दा राष्ट्रघाति भन्नु गलत
मानसिकता हो’, उहाँले भन्नुभयो, ‘अधिकार
राज्यले दिनैपर्छ । अन्यथा आन्दोलन रोकिँदैन ।’
नाकाबन्दी भारतले नभइ आफूहरूले गरेको भन्दै अध्यक्ष
महतोले भारतको बचाउ गर्नुभएको छ । उहाँले आफूहरूले
अबरोध गर्न नसकेको सीमानाकाहरूबाट तेल, ग्यास
र अन्य सामाग्री आइरहेको बताउनुभयो । ‘यो
सरकार छिमेकी भारतको बद्नाम गर्न लागेको छ ।
भारतको बद्नाम गर्न पाइँदैन’, उहाँले भन्नुभयो,
‘आफूले गर्न नसक्ने भारतलाई दोष दिन मिल्छ ?’
सरकारले जनतालाई राम्रोसँग दैनिक उपभोग्य
सामाग्री उपलब्ध गराउन नसकेको आरोप उहाँले
लगाउनुभयो । सरकार तस्करी र भ्रष्टाचारीको
संरक्षणमा लागेर कमाउन सक्रिय रहेको महतोले
उल्लेख गर्नुभयो ।
अध्यक्ष महतोले मधेसीहरूको आन्दोलनमा भारतको
पनि समर्थन रहेको दोहराउनु भयो । ‘मधेसीको
अधिकारको यो आन्दोलनमा भारतको पनि
समर्थन छ’, उहाँले भन्नुभयो ।
मधेसीहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले घुपैठ
गराएको उहाँले आरोप लगाउनुभयो । ‘यो सरकारले
शान्तिपूर्ण मधेस आन्दोलन बद्नाम गराउन
घुपैडियाहरूलाई घुसाएको छ’, अध्यक्ष महतोले
भन्नुभयो, ‘आन्दोलन बद्नाम गराउन घुसपैठिया
गराएको हामीसँग प्रमाण छ ।’ उहाँले आन्दोलन अझै
पनि आफूहरूको नियन्त्रणमा रहेको दाबी गर्नुभएको
छ ।
राजधानी केन्द्रित खसबादी मिडियाले मधेस
आन्दोलनविरुद्ध गलत समाचार सम्प्रेषण गरेको
सदभावना अध्यक्ष महतोको आक्रोश थियो ।
‘हाम्रो मधेस आन्दोलनविरुद्ध राजधानीका
खसवादी मिडियाहरूले गलत प्रचार गरिरहेका छन्’,
उहाँले भन्नुभयो, ‘आन्दोलनविरुद्ध नकारात्मक
प्रचार भएको छ ।’
मधेस आन्दोलन निष्कर्षमा नपुग्दासम्म राजधानी
नफर्कने बताउनुभएका सद्भावना अध्यक्ष महतो तीन
महिने आन्दोलनका क्रममा एक पटक मात्रै
काठमाडौं आउनु भएको छ ।
Home »
Nepali News
» सदभावनाका अध्यक्ष महतोको
अर्को सनसनीपूर्ण बयान
सार्वजनिक
सदभावनाका अध्यक्ष महतोको अर्को सनसनीपूर्ण बयान सार्वजनिक
Posted by Unknown
Posted on 8:29 PM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment