काठमाडौं – महाधिवेशन नजिकिँदै
गर्दा कांग्रेसका प्रभावशाली नेताहरुले
गुट अदल बदल गर्ने क्रम सुरु हुन थालेको छ ।
अहिलेसम्म सभापतिका लागि
शेरबहादुर देउवा र रामचन्द्र पौडेलले
औपचारिक अभियान थाले पनि सुशील
कोइरालाले मुख खोलेका छैनन् । तर,
कोइराला पक्षले सुशीललाई नै अघि
सार्ने निश्चित छ । त्यो अवस्थामा
रामचन्द्र पौडेल साु सुशीलको मतियार
बन्ने वा तेस्रो टिम बनाउने बाहेक अन्य
विकल्प हुने छैनन् । यद्यपि, पौडेलले
अनामनगरमा पार्टी कार्यालय खोलेर
ताउर माउर गर्न थालेका छन् ।
रामचन्द्रले सुशील कोइराला अहिले
पार्टीभित्र र बाहिर पनि
अलोकप्रिय भएको भन्दै आफूलाई अघि
सार्न माग गरेका छन् । पौडेलले पाउने
चान्स एकदमै कम छ । सुशील आफैंले
निकटस्थहरुलाई बोलाएर एक कार्यकाल
पुनः सभापति हुने चाहना व्यक्त गरेको
स्रोतले बतायो ।
पछिल्लोपटक देउवा निकटका विमलेन्द्र
निधि र चित्रलेखा यादवलाई
कोइराला पक्षले आफूतिर तान्न
खोजेको छ । त्यस्तै कोइराला पक्षका
कृष्णप्रसाद सिटौला र प्रकाशमान
सिंहलाई देउवाले तान्न खोजेका छन् ।
देउवाले महामन्त्रीको उम्मेदवार
कोइराला पक्षबाट आउने नेतालाई
बनाउने चर्चा चलेको छ । सिटौलाले
यसपटक देउवालाई साथ दिने भने पनि
उनी अहिलेसम्म मौन छन् ।
देउवा यसपटक हार्ने चुनाव लड्दैनन् । उनी
सबैतिरबाट जित्ने आँकलन भएपछि मात्रै
उम्मेदवार बन्ने छन् । महाधिवेशन
प्रतिनिधिहरुको छनोट भइसकेपछि
हार्ने संख्या देखिएमा देउवा उम्मेदवार
नबन्ने चर्चा कांग्रेसमा चलेको छ । त्यो
अवस्थामा कांग्रेसको राजनीति अर्कै
बाटोमा जान सक्छ । यद्यपि देउवाले
अहिलेसम्म हार्ने कल्पनै नगरेको
उनीनिकटका नेताहरु बताउँछन् । आजको
साँघु साप्ताहिकमा खबर छ ।
देउवाले खुमबहादुर, चित्रलेखा,
विमलेन्द्रलाई आफूबाट कुनै पनि बेला
छुट्टिने सम्भावित सूचीमा राखेका छन्
। त्यस्तै, कोइरालाबाट अलग्गिने
सूचीमा कृष्ण सिटौला, प्रकाशमान
सिंह, अर्जुननरसिंह केसीलगायत छन् ।
सभापतिको उम्मेदवार बन्न नपाएको
खण्डमा रामचन्द्र पनि सुशीलसँग नरहन
सक्छन् । किनकि यसपछि उनको
सभापति र प्रधानमन्त्री दुवै पदमा पुग्ने
सम्भावना सकिनेछ ।
Home »
Nepali News
» सुशील र देउवालाई क– कसले छाड्दै
छन् ?
सुशील र देउवालाई क– कसले छाड्दै छन् ?
Posted by Unknown
Posted on 8:04 PM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment